कालीगण्डकी करिडोर अन्तर्गतको सखडक खण्डमा पुनः तीन ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आइतबार बिहानदेखि अवरुद्ध करिडोर दिउँसो अवेर खुलेको थियो ।
लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने राहत महसुस गरेका छन् । विशेषगरी पूर्वी तराईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ।
आइतबार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको नरैनापुर ५ मटैहियाका एक दर्जन घर गोठ डुबानमा परेका छन् ।
नवलपुरमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुने बताउनुभएको छ।
सुक्खा पहिरो खसेर अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–काठमाडौँ सडक सञ्चालनमा आएको छ।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले एक वर्षमा सम्पादित गरेका कार्य तथा मुख्य उपलब्धिहरू आइतवार सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आज स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहणपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता, गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिएको जनाएको छ ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको निर्वाचन स्थगित भएको छ । आइतबार बिहान हुने भनेको मतदान जिल्ला निर्वाचन समितिले सूचना निकालेर स्थगित गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो पदबबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिनुभएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. पृथ्वीमान गुरुङले पार्टीमा त्याग, समर्पण र बलिदानी दिएको बताउनुभएको छ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्ने धेयले आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको बताउनुभएको छ।
ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षाका लागि पाँच वटा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार आउँदो साउन २९ गतेदेखि सञ्चालन हुने एसइई ग्रेडवृद्धिका लागि पाँचवटा केन्द्र निर्धारण गरिएको हो ।
युनाइट नेपाल ब्लिट्ज चेस प्रतियोगिताको उपाधि पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले जित्नुभएको छ ।
न्युजिल्यान्डकी एक महिलालाई सुटकेसभित्र बच्चा राखेर बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ ।
थारू आयोगको सदस्य शान्ति मोदी थारूले कार्यबाहक अध्यक्ष सुबोधसिंह थारूलाई कार्यकक्षमै आधा घण्टा थुन्नुभएको छ । बिदा मिलान तथा हाजिरी गर्ने विषयमा विवाद भएपछि कार्यकक्षमा ताला लगाएको सदस्य मोदीले बताउनुभयो ।