• १९ साउन २०८२, सोमबार

अट्वारी पर्वको बिदा संशोधन

blog

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन १९ गते । सुदूरपश्चिम प्रदेश सरकारले २०८२ सालको अट्वारी पर्वको सार्वजनिक बिदा संशोधन गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले अट्वारीको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा दिनेगरी बिदा संशोधन गरेको हो । यसअघि, सो पर्वको अवसरमा साउन २५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएको थियो । 

थारु समुदायको अट्वारी पर्व यस वर्ष भदौ ८ गते परेकाले बिदा संशोधन गरिएको छ । यस्तै, प्रदेश सरकारले असोजमा आयोजना गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलनको मिति सारेको छ । 

कार्यकारी समितिले गरेको निर्णय प्रस्तावअनुसार मन्त्रीपरिषद्ले लगानी तथा विकास सम्मेलन मंसिर १ र २ गते आयोजना गर्ने निर्णय गरेको छ ।