काठमाडौँ, साउन १९ गते । नेपालको ‘होर ई–स्पोर्ट्स’ टोलीले पब्जी विश्वकपमा नवौँ स्थान हासिल गरेको छ ।
साउदी अरबमा जुलाई २५ देखि २३ तारिखसम्म सञ्चालन भएको विश्वकपको फाइनल चरणमा होराले १८ खेलमा कूल एक सय अङ्क जोड्दै नवौँ स्थान बनाएको हो ।
फाइनल चरणमा १६ टोलीबिच प्रतिस्पर्धा भएको थियो । नवौँ भएसँगै ‘होर ई–स्पोर्ट्स’ टोलीले कुल एक लाख २७ हजार ५०० अमेरिकी डलर (करिब एक करोड ७८ लाख रुपियाँ) पुरस्कार पाएको छ ।
टोलीमा नेपालबाट आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गर्नुभएको थियो । टोलीको म्यानेजरमा उमेश बुढथापा, अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ रहनुभएको थियो ।
विश्वकपको उपाधि भने म्यानमारको वाइजी ई–स्पोर्ट्सले जितेको छ । नेपाली ४१ करोड रुपियाँ पुरस्कार राशी रहेको विश्वकपको विजेता वाइजी ई–स्पोर्ट्सले करिब सात करोड नेपाली रुपियाँ पुरस्कार पाएको छ ।