प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन १९ गते । रौतहट को गुजरा–७ पल्टुवास्थित कुर्मीटोलमा बागमती नदीबाट आएको नहरमा सशस्त्र प्रहरीले एक व्यक्तिको शव फेला पारेको छ ।
भारतको बिहार राज्य जिल्ला खगडिया ग्राम पछौरा–२ का ३० वर्षीय रोहित कुमार सिंहको शव फेला गरेको हो । सिंहको शव आफन्तलाई जिम्मा लगाएको सशस्त्र प्रहरी बल रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिनुभयो ।
चन्द्रपुर –१ नुनथरस्थित बागमती नदीमा रहेको झोलुङ्गे पुल मुनि मादक पदार्थ सेवन गरी बागमती नदीमा नुहाउन जाने क्रममा अचानक नदीले बगाई सिंह बेपत्ता हुनुभएको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार यस अघि साउन १० गते चन्द्रपुर –१ नुनथरस्थित बागमती नदीको डिलबाट आत्महत्या गर्न खोज्ने भारतको जिल्ला सितामढी भुटी बस्ने ४५ वर्षीय रामविर महत्तोको जिवितै उद्धार गरेको जानकारी दिनुभयो । सशस्त्र प्रहरीको टोलीले महतोलाई जिवितै उद्धार गरी आफन्तलाई जिम्मा लगाएको उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार आफु कार्यभार सम्हालेको साढे पाँच महिनामा सवारी दुर्घटनामा उद्दद्धार ६२ वटा, आगलागी नियन्त्रण ४० वटा र नदी तथा खोलाले बगाएको ८ वटा घटनाहरुमा खोज तलास कार्यमा परिचालित भई ८ जना मृतकको शव नदीबाट निकालेको जानकारी दिनुभयो ।