• १८ साउन २०८२, आइतबार

एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न

blog

साधारण सभामा सहभागि ।

काठमाडौँ, साउन १८ गते । एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा आइतबार काठमाडौँमा सम्पन्न भएको छ । 

कीर्तिमानी धावक बैकुन्ठ मानन्धरको प्रमुख आतित्यथा र सल्लाहाकार मोहन नेपालको सभापतित्वमा सञ्चालन भएको साधारण सभामा परिवारका अध्यक्ष राजन खत्रीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम र बजेट समेत प्रस्तुत गर्नुभएको थिया ।

उक्त हवसरमा एथलेटिक्सका लामो दूरीका धावक/धाविकाद्वय त्रिभुवन आर्मी क्लबका खड्कबहादुर खड्का र पुर्णलक्ष्मी न्यौपाने, एथलेटिक्स प्रशिक्षकद्वय सिताराम चौधरी र देबीबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

एथलेटिक्स परिवार, नेपालले आर्थिक वर्ष २०८१/८२ मा नेपालका विभिन्न १४ वटा खेलकुद कार्यक्रम सञ्चालनमा प्राविधिक सहयोगीको रुपमा सहभागी भएको थियो ।