राष्ट्रिय राजमार्गदेखि उत्तरी भेगमा रोपाइँ सुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । आज बगालेको निवास भरतपुर महानगरपालिका(४ त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले हरेक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
सप्तरीमा शनिबार राति परेको पानीले जिल्लाका किसानलाई ठुलो राहत मिलेको छ । यसपालि वर्षा याम जेठ, असार र साउनमा पानी नपरेपछि लामो समयदेखि चिन्तित रहेका किसानलाई यो पानीले ठुलो राहत मिलेको किसानहरूले बताएका छन् ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५,लोमान्थाङको लोवथाङमा गल्फ कोर्समा चौथो संस्करणको गल्फ प्रतियोगिता हुने भएको छ ।
गौर नगरपालिकास्थित कृषि तथा पशु प्रयोगशाला कार्यका लागि कृषि तथा पशु केन्द्र भवन निर्माण कार्य सम्पन्न भएको छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको हो ।
धनुषाको ढल्केबरमा किसानले उत्पादन गरेको कृषि उपज सिधै खरिद गर्न सङ्कलन केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको छ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सो सङ्कलन केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।
दाङको घोराही–लमही सडकखण्डअन्तर्गत मसोट खोला पुल मर्मतको काम सुरु भएको छ । चार दशकअघि निर्माण भएको पुल क्षमताभन्दा बढी भारवहन बोकेका सवारीसाधनका कारण जीर्ण बनेपछि सडक डिभिजन कार्यालय दाङले मर्मतको काम थालेको हो ।
सल्यानबाट प्रदेश राजधानी सुर्खेत तथा दाङ जोड्ने लुहाम काभ्रा कालीमाटी सडक पहिरोका कारण अबरुद्ध बनेको छ ।
गाउँमा के मात्र छैन ? बाटो, विकास, बिजुली, इन्टरनेट र आधुनिकता सबै छ । चलचित्रकर्मीलाई यही प्रश्न सोध्दा उनीहरू थप्छन् ‘कथा’ र ‘चलचित्र’ पनि छ । बाटोसँगै विकासले गाउँको मुहार फेरिरहँदा पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणका नेपाली गाउँमा चलचित्रकर्मीको उपस्थिति पनि यतिबेला बाक्लै छ ।
रुकुमपश्चिम हुँदै बग्ने ठूलीभेरी र सानीभेरी नदीमा जलसतह बढेको छ । डोल्पा हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने ठूलीभेरी र रुकुमपूर्व हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने सानीभेरी नदीले सतर्कता तह पार गरेका हुन् ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
पनौती नगरपालिका–११ स्थित बल्थलीमा सञ्चालित बाढीपहिराले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरिएको छ ।
अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परि गम्भीर घाइते भएका हुन् ।
कलाकारले आफूलाई अनेकौँ कोण, विषय र विम्बमा दर्शकमाझ पोखिरहेका हुन्छन् । माध्यमका रूपमा पनि परम्परागत रूपमा प्रयोग गरिने तेल वा जलरङ होस् वा पेन्सिल, चारकोल, एक्रेलिक आदि कलाकारले आफ्नो रुचि र विषयवस्तु अनुसार प्रयोग गर्न रुचाउँछन् । कलाकार प्रकाश थापा भने बालुवाबाट आफ्नो सृजना कोर्ने गर्दछन् ।