११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा 'सामाजिक नारी आवाज' पुस्तिका विमोचन गरिएको छ ।
प्रतिनिधिसभा बैठकमा सांसद नारायणी शर्माले सम्पत्तिमा महिलाको समान अधिकार र राजनीतिमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्नुभयो ।
पोखरा महानगरपालिकाको पर्यटकीय केन्द्र लेकसाइडमा गर्न लागिएको कोटिहोमको भूमिपूजनमा शुक्रबार झडप हुँदा १३ जना घाइते भएका छन् । कोटीहोम गर्ने पक्ष र नगर प्रहरीबिच बिहान १०ः३० बजेतिर झडप भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिप्परले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै टिप्परका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गर्नुभएको छ । बुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको छ ।
इक्वेडरको लागूपदार्थ तस्करी गिरोहका प्रतिद्वन्द्वी समूहहरूबिच बिहीबार हिंसात्मक बन्दरगाह सहर गुयाक्विलमा भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
एफबिआईले चीनमा रहेका व्यक्तिलाई गोप्य सूचना बिक्री गरेको आशङ्कामा बिहीबार एक अमेरिकी सैनिकलाई पक्राउ गरेको न्याय मन्त्रालयले जनाएको छ ।
गृह मन्त्री रमेश लेखक भूकम्प प्रभावितका घर पुनर्निर्माण गर्ने गरी आयोजना कार्यालय स्थापना गर्न बैतडी हुँदै बझाङ पुग्नु भएको छ । जिल्ला भूकम्पीय पुार्निर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन एकाइको उद्घाटन गर्न गृहमन्त्री लेखक शुक्रबार बैतडीको खोड्पे हुँदै बझाङ पुग्नु भएको हो ।
तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को सात महिना पूरा हुँदा २० प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालु आवका लागि विनियोजित कुल ६४ अर्ब ५४ करोड चार लाख ४१ हजार रुपियाँमध्ये गत साउनदेखि माघसम्मको सात महिनाको अवधि २०.१८ प्रतिशत अर्थात् १३ अर्ब दुई करोड ७० लाख ४३ हजार रुपियाँ मात्र खर्च गरेको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिका-३, भाडगाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु गरिएको छ ।
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
वैदिशक रोजगारमा जानेको अहिलेको अवस्था कहालीलाग्दो रहेकोछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन –२०२४’ मा सो अवस्था देखिएको हो ।
कर्णाली प्रदेशको आर्थिक सहयोगमा र कृषि विकास कार्यालय मुगुको सहजिकरणमा अनुदानमा पाएका दर्जनौं कृषि फार्महरु अलपत्र परेका छन् ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४ औं वार्षिक प्रतिवेदन आ.व. २०८०/८१ पेश गर्नुहुने कार्यसूची रहेको छ ।