अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानडा र मेक्सिकोलाई लक्षित केही भन्सार शुल्कहरू ढिलाइ गर्नुभएको छ । यसबाट ओटावालाई प्रतिकारका उपायहरूको आगामी लहर रोक्न अग्रसर गरायो भने वित्तीय बजारहरूमा प्रतिकूल प्रभावपछि कम्पनीहरू र उपभोक्ताहरूलाई राहत प्रदान गरेको छ ।
दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी शुक्रबार रद्द गर्दै उहाँको रिहाईका लागि अनुमति दिएको छ ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम सुरु भएको छ । बिहीबार सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले शिलन्यास गरेसँगै कालोपत्रेको काम सुरु भएको हो ।
बुटवल उपमहानगरपालिका–११स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ ।
एक सय २८ जनालाई निःशुल्क चस्मा र औषधी वितरण गरिएको छ ।
बाँकेको नेपालगन्जमा शुक्रबार बिहान दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि बृहत् ट्राफिक सचेतना र्यालीको आयोजना गरिएको छ ।
इलाका प्रहरी कार्यालय पिपराले कपिलवस्तुको बाणगङ्गा नगरपालिकाबाट स्रोत नखुलेको २८ लाख ९० हजार रुपियाँ बरामद गरेको छ ।
पछिल्लो समय सप्तरीमा महिला हिंसामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ साउनदेखि माघ महिनासम्म एक हजार दुई सय ९० महिला हिंसाको घटनाको उजुरी परेको छ ।
मैले दुई पटकमन्त्री भएर जनताको सेवा गर्ने मौका पाएकी छु । एक पटक राष्ट्रियसभाको उपाध्यक्ष भएर काम गरेकी छु । अहिले पछिल्लो पटक राष्ट्रियसभामा आएको तीन वर्ष पूरा भयो । राष्ट्रियसभाको उपाध्यक्ष हुँदा मैले जनताको पक्षमा धेरै काम गरेकी छु ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले पोखराका सम्पूर्ण ठाउँमा सिसीटिभी जडान गर्न सके अपराध न्यूनीकरण हुने बताउनुभएको छ ।
मध्य पहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत लमजुङ खण्डको केही स्थानमा लामो समयदेखि रहेको विवाद नसुल्झिँदा सडक निर्माण सुरु हुन सकेको छैन ।
नागरिकता किर्ते गर्ने दुई युवालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । दोस्रो व्यक्तिको नागरिकतामा फोटो टाँसेर किर्ते गरी रकम ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
खाडीचौर –दोलखा जिरी लाइफलाइन मानिने खाडीचौ स्थित सुनकोसी पक्की पुल आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । ठेकेदारले पुल निर्माण काम छाडेर बेपत्ता भएपछि लामो समय उक्त मोटरे बल पुल निर्माण हुन सकेको छैन ।
बाजुराका अधिकांश गाउँ बस्ती यति बेला परदेशीको परखाइमा छन् । हिउँद लागेसँगै यहाँका अधिकांश युवा युवती भारत गएपछि ती गाउँ बस्ती खाली हुँदै गएका थिए ।
भारतीय लेखिका तथा अभियन्ता कमला भसिन एक समयमा निकै चर्चामा आइन् ।