पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई राहत दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ११ः५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जानुहुँदै छ ।
सरकारले बिहे गर्ने समय नै तोकेर कानुनी हिसाबले बिहेबारी २० वर्षपारि भनेको छ । २० वर्षपश्चात् गरिएको बिहेबारीलाई महिलाको शारीरिक र मानसिक रूपमा बच्चा जन्माउन तयार हुने भनी लिइएको छ ।
गत साउन १२ गते धुर्कोट गाउँपालिका–४ जैसिथोकमा दिनदाहडै चितुवाले चार वटा बाख्रा मा¥यो । गोपेकी तिल कुमारी खत्री गौतमका तीन र दुर्गा खत्री गौतमका एक गरेर चार बाख्रा देउराली सामुदायिक वनमा चितुवाले मारेपछि स्थानीयलाई वस्तुभाउ लिएर जान त्रास भएको छ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले लोकसंस्कार र संस्कृतिको जगेर्ना आजको अनिवार्य सर्त भएको बताउनुभएको छ ।
सङ्घीयताले कार्यान्वायन हुने क्रममा जन्मिएको नयाँ जिल्ला रुकुमपूर्व हो । २०७२ असोज ३ गते जारी भएको नयाँ संविधानले साबिक रुकुम जिल्लालाई रुकुमपूर्व र रुकुमपश्चिम बनायो । सो घटनापछि जिल्लाभित्रै कतिले उत्सव मनाए भने कतिले आन्दोलनसमेत गरे ।
लुम्बिनी प्रदेशभित्र रहेका जिल्ला अस्पतालमध्ये मूल्याङ्कनमा सधैँ जसो प्रथम भइरहने बर्दिया अस्पतालमा बिरामीको चाप बढेसँगै भवनको अभावमा उपचारमा समेत समस्या देखिएको छ ।
विसं २०७७ मङ्सिर १५ गते तामझामका साथ १५ शय्याका अस्पताल शिलान्यास भएको पाँच वर्ष पुग्न लाग्दा पनि अधिकांशका निर्माण अधुरै रहेका छन् ।
कोहलपुर नगरपालिका भित्र सञ्चालित ४९ वटा संस्थागत विद्यालयहरुले पाँच हजारभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेका छन् ।
न्यून आयस्रोत भएका लक्षित वर्गका लागि जनता आवास कार्यक्रमबाट घर निर्माण गरिएका भए पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लाका चार वटा स्थानमा यस्ता सरकारी लगानीका घर निर्माण गरिएका भए पनि ती घर सेवाग्राहीले प्रयोगमा ल्याउन भने नचाहेका हुन् ।
टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो ।
कर्णाली प्रदेशमा एक महिनाको अवधिमा दुई लाखभन्दा बढी बिरुवा रोपिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० को स्थायी समितिको बैठक आज पनि बस्दैछ ।
सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताउनुभएका देवचुलीका दीपक चापागाईँ यतिबेला कागती टिपेर बजार पठाउन व्यस्त हुनुहुन्छ ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन साउन २१ गते बुधबारका दिन हुने भएको छ । शनिबार भएको संघको २८ औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनपछि आइतबार संघको आगामी नेतृत्वको उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।