बैतडीका तेजसिंह कार्की पच्चीस वर्षदेखि परम्परागत ठेकी, बिण्णो, मदानी, नेती र थकाइलोका पोडा संरक्षण र बिक्री गर्दै आउनुभएको छ । दशरथ चन्द नगरपालिका–४, शाहीलेक बजारमा बिक्री केन्द्र नै राखेर उहाँले मोही पार्ने टिमुरको काठको मदानी, थकाइलोका बोक्राबाट निर्मित पोडा, अल्लो र केतकीको डोरीबाट निर्मित नेती बिक्री गर्दै आउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार सिन्धुलीको खुर्कोटमा निर्माण भइरहेको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँसँगै प्रदेश
दार्चुलाको सबैभन्दा ठुलो जात्राका रूपमा मनाइने सुर्माभवानी ‘बिरे जात्रा’ सुरु भएको छ ।
जाजरकोटमा घाँस काट्न गएको बेला भिरबाट लडेर महिला नेत्रीको मृत्यु भएको छ । नलगाड नगरपालिका १० रावतगाउँमा शनिबार घाँस काटेर फर्कने क्रममा भिरबाट लडेर कल्पना सलामी मगरको मृत्यु भएको छ ।
गत जेठ २३ गते भीषण आगलागीबाट ध्वस्त भएको बाजुराको बुढीगङ्गा नगरपालिका–६ को बाम्का बजारको स्वरूप फेरिँदै गएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १० अर्ब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा त्यति बजेट खर्चेर प्रदेशमा सडक, भवन, सडक पुल, कुलोलगायतका भौतिक पूर्वाधार निर्माण गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर नरेश शर्माले बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
डेढ महिनाको अन्तरालपछि पानी पर्दा सप्तरी सहित मधेश प्रदेशका किसानहरु हर्षित भएका छन् ।
सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
मधेस प्रदेश, श्रम तथा यातायात व्यवस्था मन्त्रालय जनकपुरधामले आर्थिक वर्ष २०८१ /८२ मा रु तीन अर्ब ४७ करोड ९३ लाख ३३ हजार ८५९ कुल राजस्व सङ्कलन गरेको छ ।
अदानचुली गाउँपालिकामा बाख्रा चराउन बनमा गएका बुढाको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली गाउँपालिका–३ को माझखर्कस्थित पानि टोट्का भन्ने ठाउँमा भिरबाट लडेर वडा नं. २ गल्बाका अन्दाजी ३६ वर्षीया नान बुढाको मृत्यु भएको हो ।
नेपाल र चीन असल मित्र हुन् । दुई देशबिच लामो समयदेखि घनिष्ट सम्बन्ध रहँदै आएको छ । पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध दुवै मुलुकले पारस्परिक हितका निम्ति सहकार्यको यात्रालाई निरन्तरता दिएका छन् । बौद्ध दर्शन र संस्कृतिको जगमा सूत्रपात भएको नेपाल–चीन सम्बन्ध सन् १९५५ को अगस्ट १ मा दौत्य सम्बन्धमा परिणत भयो ।
लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो ।
नेपालको संवैधानिक व्यवस्था अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आव २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको सङ्घीय बजेट सार्वजनिक गर्नुभयो । गत जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत यो बजेट संसद्बाट पारित पनि भइसकेको छ । यसै गरी मुलुकभरिका सात