• १९ साउन २०८२, सोमबार

भिरबाट लडेर महिला नेत्रीको मृत्यु

blog

सहदेव बस्नेत
जाजरकोट, साउन १८ गते ।
जाजरकोटमा घाँस काट्न गएको बेला भिरबाट लडेर महिला नेत्रीको मृत्यु भएको छ । नलगाड नगरपालिका १० रावतगाउँमा शनिबार घाँस काटेर फर्कने क्रममा भिरबाट लडेर कल्पना सलामी मगरको मृत्यु भएको छ ।

मृतक मगर पूर्व जनमुक्ति सेना तथा हाल नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी नलगाड नगर समितिको अध्यक्ष रहेको जनाइएको छ ।  

मृतक सलामी घरमा पालेको भैंसीलाई घाँस काट्न गएको बेला फर्कने क्रममा अप्ठ्यारो भिरबाट लडेर मृत्यु भएको वडा नं १० का वडा अध्यक्ष अनिता रोकाले जानकारी दिनुभयो ।

यसरी जाजरकोटमा गाई भैंसीका लागि घाँस काट्न जाँदा रुख भिरबाट लडेर वर्षमा एक सय जनाभन्दा बढिको मृत्यु हुने गरेको प्रहरीको तथ्याङ्कमा छ ।