मोहनसिंह बुढा
अदानचुली, (हुम्ला) साउन १८ गते । अदानचुली गाउँपालिकामा बाख्रा चराउन बनमा गएका बुढाको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली गाउँपालिका–३ को माझखर्कस्थित पानि टोट्का भन्ने ठाउँमा भिरबाट लडेर वडा नं. २ गल्बाका अन्दाजी ३६ वर्षीया नान बुढाको मृत्यु भएको हो ।
शनिबार बाख्रा चरउान खर्कबाट जङ्गल हिँडेका बुढा अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानि टोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृत अवस्थामा फेला पारेको बुहारी शान्ती बुमी (बुढा) बुढाले बताउनुभयो ।
जङ्गल घरबाट गल्फागाड खोल पारी टाढाको बनमा भएकाले मृतक बुढाको लास लिनका लागि स्थानिय त्यस तर्फ लागेको उहाँले बताउनु भएको छ । सो खर्कमा समेत मृतक बुढा र श्रीमती मात्रै भएकाले बिहान मात्र पारिवारीक श्रोतलाइ जानकारी आएको हो । जानकारी आए लगत्तै घरमा ल्याउनका लागि स्थानीय गएका छन । यस क्षेत्रमा यतिबेला सबैका चौपायहरु खर्क मै राख्ने गरिएको छ ।