चितवनको माडी नगरपालिकामा प्रमुख कार्यकारी पददेखि साना पदसम्म महिला नेतृत्वले सञ्चालन गर्दै आएको छ ।
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो, जहाँ संसद्लाई शासनको प्रमुख आधार मानिन्छ ।
जनमत पार्टी सप्तरीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार राजविराजमा सम्पन्न भएको छ ।
धर्तीमा सबै चिजको विकल्प हुन्छ । खाद्यान्नमा चामलको विकल्प मकै, कोदो आदि अन्य अन्न हुन सक्छन् । वस्त्रमा धोतीको विकल्प, कुर्ता सुरुवाल, यसको विकल्प दौरा सुरुवाल, अर्को सर्ट पाइन्ट आदि आदि । जुत्ताको विकल्प चप्पल बन्न सक्छ । विकल्प नभएको भनेको
नागार्जुन वाङ्मय प्रतिष्ठानले जदौ पुरस्कार साहित्यकार डा. रामेश शुभेच्छुलाई प्रदान गरेको छ। दाहाल यज्ञनिधिका ७२ औँ जन्मजयन्तीका अवसरमा नागार्जुनले शनिबार जदौ पुरस्कार २०७२ शुभेच्छुलाई प्रदान गरेको हो।
विकासोन्मुख मुलुकले कृषि तथा औद्योगिक वस्तुको उत्पादन वृद्धि गरी आयातको परिमाणमा क्रमशः कम गर्दै लैजानु पर्छ । परनिर्भता घटाउन, देशका आर्थिक वृद्धिदर उकास्न र गरिबी घटाउन प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनु पर्छ । आर्थिक अवस्था वा बौद्धिक क्षमता कमजोर भएको कारणले माध्यमिक शिक्षा हासिल गरी उच्च शिक्षामा पहुँच नपुग्ने विद्यार्थीको शारीरिक एवम् बौद्धिक क्षमता र उनीहरूको श्रमलाई समाज तथा देशको आर्थिक विकासमा सदुपयोग गर्नु पर्छ । यसका लागि माध्य
गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा सञ्चालन भइरहेको एक महिने साउने मेलाको अवसरमा आयोजना गरिएको भजन प्रतियोगीतामा तीन जिल्लाका १० समूहलाई उछिन्दै रातामाटा भजन समूह प्रथम भएको छ ।
डा. द्वारिकानाथ ढुङ्गेलको ‘निजामती प्रशासनमा कोतपर्व’ पुस्तक सार्वजनिक भएको छ । पूर्वन्यायाधीश टोपबहादुर सिंह, डा. मीना आचार्य, डा. तीर्थबहादुर श्रेष्ठ, पत्रकार गजेन्द्र बुढाथोकीलगायतले लेखक ढुङ्गेलको निजामती प्रशासनमा कोतपर्व पुस्तकको लोकार्पण गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चीन साँस्कृतिक केन्द्र नेपालको आयोजनामा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा शनिबार ‘सिल्क रोड इकोज्, आर्ट युनाइट्स हर्टस्’ कला प्रदर्शनी सुरु भएको छ ।
सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ ।
सुन्तलाका दाना झर्न थालेपछि स्याङ्जाका कृषक चिन्तित भएका छन् । पुष्टिएका, हरिया र राम्रा दाना बनिसकेका सुन्तला एकाएक झर्न थालेपछि सुन्तला कृषक चिन्तामा परेका हुन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि कुमारी बैङ्कको नेतृत्वमा ऋण लगानी हुने गरी वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।
देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि चार वटा निकायको ध्यानाकर्षण गराएको छ ।