• १८ साउन २०८२, आइतबार

जदौ पुरस्कार डा. शुभेच्छुलाई

blog

प्रमुख अतिथि डा. तुलसी भट्टराईबाट सम्मान ग्रहण गर्नुहुँदै डा. रामेश शुभेच्छु । साथमा नागर्जुन प्रतिष्ठानका अध्यक्ष दिल पौडेल र अक्षय कोष संस्थापक सुधा दाहाललगायत।

काठमाडौँ, साउन १८ गते । नागार्जुन वाङ्मय प्रतिष्ठानले जदौ पुरस्कार साहित्यकार डा. रामेश शुभेच्छुलाई प्रदान गरेको छ। दाहाल यज्ञनिधिका ७२ औँ जन्मजयन्तीका अवसरमा नागार्जुनले शनिबार जदौ पुरस्कार २०७२ शुभेच्छुलाई प्रदान गरेको हो। 

नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षता र साहित्यकार, प्राज्ञ डा. तुलसी भट्टराईको प्रमुख प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा पुरस्कार शुभेच्छुलाई प्रदान गरेको हो। 

साहित्यकार डा. रमेश शुभेच्छुले दाहालका कृतिको खोज गरी उहाँको जीवनी व्यक्तित्व र कृतित्वलाई बाहिर ल्याउ खेलेको भूमिका उल्लेख्य रहेकाले उहाँलाई पुरस्कृत प्रतिभाका रुपमा छनोट गरिएको छनोट समितिका संयोजक मातृका पोखरेलले बताउनुभयो। 

कार्यक्रममा साहित्यकार प्रा. प्रयागराज वाशिष्टले दाहालका कविता र डा. विनोद मञ्जनले दाहालका निबन्धका बारेमा समीक्षा प्रस्तुत गर्नुभयो। भट्टराईले दाहाल परिवर्तन पक्षधर कवि भएको बताउनुभयो। डा. मञ्जनले दाहालका निबन्ध विचारका दृष्टिले अग्रगामी भएको चर्चा गर्नुभयो। 

डा. हरिप्रसाद सिलवालले पुरस्कृत प्रतिभा डा. रमेश शुभेच्छुको दिनुभयो। कार्यक्रममा प्राज्ञ अगिव वनेपाली, पत्रकार यशोदा अधिकारी, साहित्यकार महेश प्रसाईं, रामप्रसाद पन्तले मन्तव्य राख्नुभयो। कार्यक्रमा अक्षय कोष संस्थापक सुधार दाहालले  दाहालका जीवनी व्यक्तित्व र जीवनको बारेमा चर्चा गर्नुभयो। 


कार्यक्रममा अग्रज साहित्यकार, कोशकार प्रा. डा.वद्रीविशाल भट्टराई, प्रा. लालानाथ सुवेदी, डिल्लीराज अर्याल, चेतनाथ धमला, खगेन्द्र दाहाललगायतको उपस्थिति थियो। 

समारोहमा देवु लुइटेलले दाहालका छ वटा कविता प्रस्तुत गर्नुभएको थियो भने कवि रत्ननिधि रेग्मी, असीम सागर, कृष्णप्रसाद जस्ताघरे, युवराज कुनाघरे, रामदेव पाण्डे, गौरी दाहाल, गङ्गा खतिवडालगायत कविले दाहाल विषयक कविता वाचन गर्नुभयो। नागार्जुन प्रतिष्ठानको हरेक शृङ्खलामा समीक्षकलाई सम्मान गर्ने नियमअनुसार समीक्षक द्वय प्रा. प्रयागराज वाशिष्ट र डा. विनोद मञ्जनलाई सम्मान गरिएको थियो। कार्यक्रममा कवि पूर्ण विरामका दुई कविता वाचन भएका थिए। तीमध्ये एउटा कविताको प्रभावकारी वाचनका लागि एक हजार नगदसहित यम बाँस्तोला पुरस्कृत हुनुभयो। स्रष्टा विशेष कविता वाचनमा देवु लुइटेल सम्मानित हुनुभयो।