• १७ साउन २०८२, शनिबार

सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारका लागि १० पुस्तक छनोट

blog

फाइल तस्बिर ।

काठमाडौँ, साउन १७ गते । अन्तर्राष्ट्रिय साहित्य समाज युकेद्वारा प्रदान गरिने सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०२५ का लागि १० पुस्तक छनोट गरिएको छ । 

पुरस्कारका लागि आवेदन परेका पुस्तकहरूबाट छनोट समितिले उत्कृष्ट १० पुस्तक छनोट गरेको हो । यी पुस्तकबाट उत्कृष्ट पाँच हुँदै अन्तिममा उत्कृष्ट पुस्तकका लेखकलाई लन्डनमा अगस्ट ९ तारिख भानु तथा ईश्वर जयन्तीका अवसरमा पुस्कृत गरिने समाजले जनाएको छ ।

उत्कृष्ट १० पुस्तकमा डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’, ठाकुर बेल्बासेको कविता सङ्ग्रह ‘चोटहरूको उत्सव’, जीत बुढाथोकी छन्त्यालको मुक्तक सङ्ग्रह ‘यानीमाया’ र लालगोपाल सुवेदीको कविता सङ्ग्रह ‘अनि प्रतित्य समुत्पाद–शून्य शून्य महाशून्य’ रहेको छ ।

यस्तै छनोटमा सूर्य खड्का विखर्चीको खण्डकाव्य ‘अर्जुन अलूपी’, डा. राजकुमार क्षेत्रीको भूमिका सङ्ग्रह ‘अक्षरको आयाम’, सुनम थामा सङ्गमको कविता सङ्ग्रह ‘अभ्युदय’, सबी श्रेष्ठको मुक्तक सङ्ग्रह ‘अपरिभाषित आभा’, खगेन्द्र गिरी ‘कोपिला’को नियात्रा सङ्ग्रह ‘पर्जन्य मास’ र विजय हितानको कविता सङ्ग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनू’ रहेको छ ।