• १७ साउन २०८२, शनिबार

श्रीमानद्वारा श्रीमतीको हत्या

blog

राममणि दाहाल

मकवानपुर, साउन १७ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५,  बुङदोलमा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ससुराली घरमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले श्रीमतीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मानबहादुरले शनिबार बिहान ६ः०० बजेको समयमा घरमा कोही नभएको अवस्थामा ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले श्रीमतीको हत्यापछि मानबहादुर बिहान ८ः३० बजे जिल्ला प्रहरी कार्याललय मकवानपुरमा आई आत्मसमर्पण गरेका छन् । निजलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

निज मानबहादुरसँग सोधपुछ गर्दा श्रीमती प्यारालाइसिसको बिरामी रहेको र  हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेकाले तनावमा आएर श्रीमतीको घाँटी थिची हत्या गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।