• १७ साउन २०८२, शनिबार

चक्कु प्रहार गरी युवतीको हत्या

blog

निराजन परियार

चौमाला (कैलाली), साउन १७ गते । कैलालीमा सेकुवा सेन्टरमा कार्यरत एक युवतीको चक्कु प्रहार गरेर हत्या गरिएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा रहेको राजधानी सेकुवा एन्ड मःमः सेन्टरमा कार्यरत बर्दगोरिया गाउँपालिका-३ कि १७ वर्षीया याचना सेजवालको चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले शनिबार बिहान करिब १० बजेतिर सेजवालमाथि सोही सेकुवा एन्ड मःमः सेन्टरमा काम गर्ने बर्दगोरिया-१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेको बताउनुभयो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि धनगढीको निसर्ग हस्पिटल लगिएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चक्कु प्रहार गर्नुको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।