देवराम यादव
सप्तरी, साउन १७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको निर्वाचन कार्यतालिका परिवर्तन भएको छ । साउन १७ गते शनिबार हुने भनिएको मतदान आइतबार १८ गते हुने गरी निर्वाचन कार्यतालिका परिवर्तन भएको हो । जिल्ला निर्वाचन समितिले शुक्रबार नयाँ तालिका सार्वजनिक गरेको निर्वाचन अधिकृत धनेश्वर यादवले जानकारी गराउनुभएको हो ।
जसपा नेपाल सप्तरीको एकताको प्रथम अधिवेशनको बिहीबार सम्पन्न बन्द सत्रमार्फत जिल्ला कार्यसमिति चयनको प्रयास सफल नभएपछि चुनावी प्रक्रिया अगाडि बढाएर जिल्ला निर्वाचन समितिले तालिका सार्वजनिक गरेका थिए ।
तीनदिने निर्वाचन तालिका सार्वजनिक गरेको जिल्ला निर्वाचन समितिले पुनः अर्को सूचना जारी गरी मतदाता नामावलीमा अत्यधिक दावी विरोध र संशोधन परेकाले सो उपर छानबिन गर्न समय लाग्ने जनाउँदै निर्वाचन प्रक्रिया स्थगित गरेको जनाएको छ ।
जिल्ला निर्वाचन समितिद्वारा शुक्रबार जारी सूचना अनुसार २०८२ साउन १६ गते साँझ ७ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, साउन १७ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन दर्ता, दिनको १२ः०५ बजे उम्मेदवारीको नामावली प्रकाशन, १२ः१० देखि २ बजेसम्म नामा फिर्ता लिने, २ः३० देखि ३ः३० बजे दावी विरोध गर्ने, साँझ ५ बजे अन्तिम नामावली प्रकाशन र २०८२ साउन १८ गते १ बजेसम्म मतदान र दिउँसो ३ बजेदेखि मतगणना तथा मतदानको परिणाम घोषण गर्ने कार्य सूची रहेको थियो ।
निर्वाचन समितिद्वारा बिहीबार पाँच सय २४ जनाको मतदाता सूची प्रकाशित गरेको थियो ।