सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबका युवाले सूचना प्रविधि (आइटी) क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउनु भयो ।
प्यालेस्टिनी लडाकू समूह इस्लामिक जिहादको सशस्त्र शाखाले एक जर्मन मूलका इजरायली बन्धकको भिडियो प्रकाशित गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दर्जनौँ व्यापारिक साझेदारहरूमा पुनः कर लगाउने आदेश दिनुभएको छ । यो अमेरिकी अर्थतन्त्रलाई फाइदा पुर्याउन विश्वव्यापी व्यापार पुनर्निर्माण गर्ने उहाँको मुख्य रणनीति हो ।
रुपन्देहीको सैनामैना नगरपालिका १ मा अवस्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा जलार्पण गर्ने तीर्थयात्रीको घुइँचो लागेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई जलविद्युतकाे केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
स्थानीयले विरोध जनाइरहेको ताप्लेजुङमा निर्माणाधीन अपर तमोर हाइड्रोपावरको कामदार बस्ने ब्यारेक तोडफोड भएको छ ।
दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत ग्वारखोलामा पुल निर्माणको काम सुरु भएपनि कालाखोलामा हुन सकेको छैन ।
३३ औँ विश्व स्तनपान सप्ताह २०८२ को अवसरमा भिडियो सन्देश जारी गर्दै डा.न्यौपानेले सबै मिलेर स्तनपानलाई सरल सहज र सम्मानजनक बनाउन आग्रह गर्नुभएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई हजार ४५१ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
गुल्मीमा प्रत्येक वर्ष कोदो उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस जिल्लामा प्रत्येक वर्ष उत्पादनको क्षेत्रफल घट्दै जाँदा उत्पादनसँगै उत्पादकत्वमा पनि गिरावट आएको पाइएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका-२ मा अवस्थित मुस्ताङ जिल्लाकै प्रमुख पर्यटकीय स्थल हाे मार्फा गाउँ र आसपासका क्षेत्र ।
बाँकेमा निर्माणाधीन मध्ये ३८ वटा खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि अधुरो अवस्थामा रहने देखिएको छ ।
सिन्धुली जिल्लामा पछिल्लो समयमा हेपिएको अन्नबालीमा पर्दै गएको रैथाने बाली कोदो खेतीको प्रवर्धन गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक ‘राष्ट्रिय कोदो दिवस-२०८२’ मनाइएको छ ।
नवलपरासीको बर्दघाटमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ ।