जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको जिल्ला कार्यसमिति चयनका लागि साउन १७ गते (शनिबार) मतदान हुने भएको छ । पार्टी निर्वाचन समितिले बिहीबार निर्वाचन तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
रुपन्देहीको तिलोत्तमास्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा १२ करोड हिनामिना र २५ करोड रुपियाँ अपचलन भएको पुष्टि भएका छन् ।
रामपुर नगरपालिकाले कालीगण्डकी नदी किनारैकिनार पैदलमार्ग निर्माण गरेको छ । कालीगण्डकीको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्वलाई जोगाउँदै पर्यटनसँग जोड्ने लक्ष्यका साथ पैदलमार्ग निर्माण गरेको हो ।
मानिसको मृत्यु भए आफ्नै संस्कार संस्कृति अनुसार किरियाकर्म गर्ने प्रचलन चल्दै आएको छ । आश्चर्य मानिएला यहाँका एक जना जनप्रतिनिधिले पालेको कुकुर मर्दा किरिया बसेर नवौँ दिनमा शुद्धशान्तिको कर्मसमेत गर्नुभएको छ ।
गुल्मीका आठ स्थानीय तह शिक्षा अधिकृतविहीन भएका छन् । स्थानीय सरकारमा शिक्षा अधिकृत नहुँदा अधिकृतले गर्ने काम प्रभावित बन्दै आएका छन् ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले पश्चिम नवलपरासीका विभिन्न स्वास्थ्य संस्थाको निरीक्षण गर्नुभएको छ । उहाँले बर्दघाट नगरपालिकामा रहेका चिसापानी अस्पताल र शहीद स्मृति अस्पताल चौपत्ता को अनुगमन गर्नुभयो ।
सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट यस जिल्लाका पचास प्रतिशतभन्दा बढी नागरिकले सेवा लिएका छन् ।
जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ स्थित हिमज्योती माध्यामिक विद्यालमा नयाँ प्रधानाध्यापक नियुक्त गरेपछि नाराबाजी गर्दै विद्यालय बन्द गरिएको छ ।
कर्णाली प्रदेशमा छ वर्षको अवधिमा झन्डै एक हजार छ सय महिला पीडित भएको पाइएको छ ।
मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको गमघाट अल्कासाँघु नदीमा बनेको पुल मुआब्जाका कारण सञ्चालनमा आएको छैन ।
स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशुलाई मुखले कृत्रिम श्वास दिएर बचाउने अनमी जानकी पुजारालाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले फोन गरेर धन्यवाद दिनुभएको छ ।
रामपुर नगरपालिका–५, बेझाँड बजारमा हाइमास्ट लाइट जडान गरिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नगरको मुख्य बजार बेझाँड बजार चोकमा हाइमास्ट लाइट जडान गरिएको हो ।
राष्ट्र र जनता दुवै गरिब हुनु अभिशाप हो । सधैँ अरूको सहायता, सहयोग र अनुदानमा बाँच्नुपर्ने अवस्था राम्रो होइन । प्राकृतिक स्रोत र साधनले धनी भएर पनि व्यवस्थापकीय कमजोरीका कारण नेपाल गरिब मुलुक भएर रहनु परेको हो । सन् १९७१ देखि नेपाल अति कम विकसित राष्ट्रको सूचीमा परेको हो । गरिब राष्ट्रको अध्यक्ष बन्न नेपाललाई सुहाउने कुरा थिएन तर परिस्थिति अनुकूल नहुँदा लामो समयसम्म गरिबीको पीडा बोक्न नेपाल बाध्य भएको छ । अब यो पीडाबाट मुक्त हुने दिन नजिकिएको छ ।
पाँचौँ शताब्दीमा बौद्ध दर्शन र संस्कृतिको जगमा सूत्रपात भएको नेपाल–चीन सम्बन्धमा सन् १९५५ को अगस्त १ (विसं २०१२ साउन १७) ऐतिहासिक दिन थियो । जनवादी गणतन्त्र चीन तथा नेपालका सरकारी प्रतिनिधिमण्डलबिच त्यसै वर्ष जुलाई २७ देखि काठमाडौँमा भएको वार्ताको परिणामस्वरूप दुवै देश दौत्य सम्बन्ध स्था
कोदो नेपालको परम्परागत रैथाने बाली हो । कृषकहरू अन्य नगदेबाली आलु, अदुवा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । जसले गर्दा कोदो जस्ता परम्परागत बाली लोप हुँदै गएका छन् । तर पनि पछिल्लो समय सल्यानमा कोदो खेती विस्तारै बढ्दै गएको देखिएको छ ।