मोहनसिंह बुढा
अदानचुली, (हुम्ला) साउन १६ गते । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ स्थित हिमज्योती माध्यामिक विद्यालमा नयाँ प्रधानाध्यापक नियुक्त गरेपछि नाराबाजी गर्दै विद्यालय बन्द गरिएको छ । बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले यस अघि प्रधानाध्यपक रहनु भएका सुरेश थापालाई सो पदबाट हटाइ कल्पना बुढा (रोकाया) लाई नियुक्त गरेपछि विद्यार्थीद्वारा नारावाजीसहित विद्यालय बन्द गरिएको हो ।
रोकायालाई प्रधानाध्यापकमा नियुक्ती गरेपछि उक्त नियुक्त विषयलाई लिएर सोहि स्कुलका विद्यार्थीहरुले यस विद्यालयमा विगत १०÷११ वर्षदेखि अध्यापन गराउदै आएका शिक्षक सुरेश थापालाई नै प्रधानाध्यापक हुनुपर्ने भन्दै विद्यालमा नारावाजी गरी पठनपाठन बन्द गरेको कक्षा १० अध्ययनरत छात्र धन बहादुर शाहीले बताउनुभयो ।
विगतको वर्षदेखि अध्ययपनमा सरिक रहँदै आउनुभएका प्र.अलाई विद्यालय व्यवस्थापन समितिको निर्णयले बिना गल्ती प्रअबाट हटाउन नहुने भन्दै आफुहरु आन्दोलित भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिले थापालाई प्र.अ नबनाएसम्म विद्यालयमा अध्ययनरत कुनैपनि विद्यार्थी अध्ययन गर्न नजाने र सो समयसम्म विद्यालय बन्द गर्ने निर्णय आफुहरुले गरेको बताउनुभएको छ ।
बुधबार प्र.अमा नियुक्त गरिएकी रोकाया सर्केगाड गाउँपालिका– ७ कोट माध्यामिक विद्यालयबाट सरुवा भएर गत जेठमा आउनुभएको हो । उहाँ हुम्ला जिल्लाको एक मात्र महिला माध्यामिक तहको स्थाइ शिक्षक हुनुहुन्छ ।