• १७ साउन २०८२, शनिबार

जसपा सप्तरीको मतदान साउन १७ गते हुने

blog

देवराम यादव
सप्तरी, साउन १६ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको जिल्ला कार्यसमिति चयनका लागि साउन १७ गते (शनिबार) मतदान हुने भएको छ । पार्टी निर्वाचन समितिले बिहीबार निर्वाचन तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

निर्वाचन तालिका अनुसार साउन १६ गते शक्रबार बिहान ८ देखि १० बजेसम्म मनोनयन दर्ता, ११ बजे उम्मेदवारको नामावली प्रकाशन, ११ः१० देखि १२ बजेसम्म नामफिर्ता लिने, १२ः५ देखिदेखि १ बजेसम्म दाबी विरोध, दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन अधिकृत धनेश्वर यादवले जानकारी दिनुभयो ।

यसैगरी, साउन १७ गते शनिबार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने त्यसपछि सूचना प्रकाशित गरी मतगणना सम्पन्न गरिने निर्वाचन अधिकृत यादवले सञ्चारकर्मीलाई बताउनुभयो  ।

चुनावमा कुल पाँच सय २४ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।  जिल्ला अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केदारप्रसाद यादव, उपाध्यक्ष उमेशकुमार यादव र सचिव हरेराम यादव प्यानलसहित प्रतिस्पर्धा गर्ने बताइएको छ ।

जसपा नेपाल सप्तरीको एकताको प्रथम अधिवेशनको बिहीबारको बन्द सत्रमार्फत जिल्ला कार्यसमिति चयनको प्रयास सफल नभएपछि चुनावी प्रक्रियामा गएको  निर्वाचन समितिले जनाएको छ ।