शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बाबुराम देवकोटा
सिन्धुलीमाढी, साउन १६ गते। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ वस्तीपुरमा शुक्रबार दिउँसो रुखले किचेर दुई जना बालकको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा १५ वर्षीया सन्ता गोले र ९ वर्षीय सार्की थिङ् रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइेतेमा १५ वर्षीय सन्ध्या भोलन, १४ वर्षीया सिर्जना माया र ७ वर्षीया सुशीला थिङ् रहेको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो।
उहाँका अनुसार रुखले किचेर दुई जनाको घट्नास्थलमै मृत्यु भएको हो। घाइतेलाई उपचारका लागि हेटौंडा पठाइएको छ। जङ्गलमा गोठालो गएको बेला पानी परेर ओत लाग्न नजिकैको छाप्रोमा बसिरहेको अवस्थामा पानी तथा पहिरोका कारण सालको रुख उक्त छाप्रोमा ढल्दा सो घट्ना भएको प्रहरीले जनाएको छ।