चौध वर्षसम्म काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित सिद्धार्थ बालगृहमा परिचयविहीन अवस्थामा अध्ययन गर्दै आएकी २० वर्षीय स्वस्तिका केसीले बल्ल नेपाली नागरिकता प्रमाणपत्र र बुवाआमा पाउनुभएको छ ।
भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन् । रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ १ उहाँ ढुक्क हुन सकिरहनुभएको छैन ।
विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पु¥याउन भ्याइनभ्याइ छ । उहाँको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ ।
तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश हुनुभएको छ । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्नुहुन्छ ।
अविरल वर्षासँगै बैतडी जिल्लाका अधिकांश ग्रामीण सडकहरू हिलाम्मे बनेपछि यातायात र जनजीवन प्रभावित बनेको छ । सदरमुकामदेखि जिल्लाका विभिन्न गाउँ जाने कच्ची सडकहरूको अवस्था अत्यन्तै नाजुक बनेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो ।
डोटीको बोक्टान फुड्सिल गाउँपालिका –१, काटैस्थित श्री कटकटेश्वर माध्यमिक विद्यालयका चार जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। विद्यालयका संस्थापक प्रधानाध्यापक उमाकान्त जोशीद्वारा स्थापना गरिएको उमा पद्मा अक्षय कोषमार्फत एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
उहाँ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नर्वेमा चारदिने भ्रमणका क्रममा वातावरण संरक्षण, वन्यजन्तु व्यवस्थापन र शैक्षिक सहकार्यलगायत विषयमा भेटघाट र छलफल गरेको गरिरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
नयाँगाउँ सुन्तलाका लागि प्रख्यात ठाउँ हो । उत्तर फर्किएको भू–भाग भएकाले सुन्तला जातका फलफूल राम्रो उत्पादन हुन्छ ।
जिल्लामा पछिल्लो समयमा महिलाहरु आयआर्जनका कार्यमा सक्रिय थालेका छन् । महिलाले पनि व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गर्दै महिलाहरुले विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको दुई तिहाइले प्रदेशको राजधानी कैलालीको गोदावरी तोकेको सात वर्ष पुग्नै लागेको छ । २०७५ असोज १२ गते दुई तिहाइ बहुमतले प्रदेशको राजधानी गोदावरी नगरपालिका–२ र ४ मा तोकेको थियो । प्रदेश सभाले राजधानी तोकेको स्थानमा भौतिक संरचना निर्माण हुन सकेका छैनन् ।
गर्मी बढ्दै जाँदा खानेपानीको चरम अभाव झेलिरहेको सप्तरीमा नेपाली सेनाले पिउने पानी वितरण गरेर जनतालाई राहत दिएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवं प्रमुख व्यापारिक केन्द्र धनगढी सहर चिटिक्क बनेको छ । प्लास्टिकको प्रयोग निषेधित धनगढी नियमित सरसफाइ र उपयुक्त रूपमा फोहोरमैला व्यवस्थापनका कारण चिटिक्क बनेको हो ।