• १६ साउन २०८२, शुक्रबार

आत्मनिर्भर बन्दै महिला

blog

दैलेख सदरमुकाममा अटो रिक्सा चलाउर्दै कृष्णा । तस्बिर : यामराज बिष्ट

यामराज बिष्ट
पञ्चकोशी (दैलेख), साउन १५ गते ।
जिल्लामा पछिल्लो समयमा महिलाहरु आयआर्जनका कार्यमा सक्रिय थालेका छन् । महिलाले पनि व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गर्दै महिलाहरुले विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

पछिल्लो समयमा नारायण नगरपालिका–३ भुर्तिका २२ वर्षीया कृष्णा नेपालीले तीन पाङ्ग्रे अटो रिक्सा चलाउनुहुन्छ । उहाँले अटो रिक्सा चलाएको झण्डै १ वर्ष भयो । उहाँले एभरेष्ट क्लबले एक लाख सहयोग समूहबाट दुई लाख ऋण लगेर किस्तामा अटो लिएको बताउनुभयो । अटो रिक्सा चलाएर पछिल्लो समयमा मासिक ३० हजार रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ । दैलेख बजार र जिल्ला भगवतीमाई गाँउपालिका, तल्लो डुवेश्वर लगायत विभिन्न ठाँउमा अटो चलाउने गरेको कृष्णाले बताउनुभयो । उहाँले कक्षा १० को पढाइ सकिलगत्तै अटो रिक्सा चलाउन सुरु गरेको बताउनुभयो । उहाँले अटो रिक्सा चलाएर घर खर्च धान्न सजिलो भएको बताउनुभयो ।

रिक्सा चलाएर घरमा आमाबुवा, दिदीबहिनी र भाइ भएकाले आफूले घरको जिम्मेवारी पूरा गर्न अटो चलान सुरु गरेका उहाँले बताउनुभयो । उहाँले पछिल्लो समयमा घर खर्च जुटाउन सजिलो भएको कृष्णाको भनाइ छ । उहाँले काम पाइएन भनेर विदेशिनुभन्दा आफ्नै ठाउँमा केहि गर्नुपर्ने बताउनुभयो ।

यस्तै, नारायण नगरपालिका–३की संगीता नेपालीले मासिक करिब २० हजारको हाराहारीमा आम्दानी हुन्छ गरेको बताउनुभयो । उहाँले अटो चलाएर कमाएको पैसाले परिवार पाल्न सजिलो भएको छ । विगत दुई वर्षदेखि अटो चलाउन थालेको उहाँले बताउनुभयो । सुरु सुरुका दिनमा चलाउन सकिदैन् कि भन्ने डर मात्रै लागेको थिएन, मान्छेहरूले के भन्ने हुन् भन्ने सङ्कोच पनि लागेको थियो । उहाँले घरको आर्थिक अवस्था कमजोर हुँदा घर खर्च चलाउन समेत समस्या थियो अहिले अटो चलाउन सुरु गरेपछि सहज भएको बताउनुभयो ।

उहाँ अहिले उहाँले अटो चलाएर आफ्नै देशमा भनेजस्तै आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । उहाँले अहिले स्वदेशमै अटो रिक्सा चलाएर आफ्नो भविष्य देख्न थालेको बताउनुभयो । सुरुका दिनमा अटो रिक्सा चलाउँदा महिलाले पनि रिक्सा चलाउँछन् र भन्ने प्रश्न आउने गर्थे तर मनमा साहस हुँदा र आत्मनिर्भर बन्ने चाहना भएपछि हरेक काममा सफलता मिल्ने उहाँको अनुभव छ ।