सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीलाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरिएको छ ।
बर्दियामा पछिल्लो समय युवा वर्ग नगदे बालीतर्फ आकर्षित हुन थालेको छ । बर्दिया जिल्लामा अहिले सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीतर्फ युवाको आकर्षण बढ्दै गएको हो ।
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ७४ अर्ब रुपियाँभन्दा बढीको व्यापार घाटा भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम प्रशासन, आन्तरिक तथा वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, सिप विकास र संस्थागत सुधारका क्षेत्रमा केन्द्रित २२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको जनाएको छ ।
लागुऔषको अवैध कारोबार, ओसारपसार र प्रयोगविरुद्ध कडाइ सुरु गरिएपछि पछिल्लो एक वर्षमा हालसम्मकै धेरै लागुऔषध बरामद भएको छ । प्रहरीले यस अवधिमा हालसम्मकै धेरै लागुऔषध कारोबारी पक्राउ गरेको छ ।
दुई वटा फरक प्याकेजमार्फत नयाँ राहदानी छापिने भएको छ । राहदानी विभागले ६४ लाख नयाँ राहदानी छपाइका लागि दुई नयाँ कम्पनीलाई प्याकेज १ र प्याकेज २ अन्तर्गत छनोट गरी राहदानी छपाइको प्रक्रिया अघि बढाएको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित रम्पुरा टोलमा एक २६ वर्षीया महिला मृत फेला परेकी छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गर्दै भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत आयशुल्क (ट्यारीफ) लगाइने बताउनु भएको छ ।
हिमाली जिल्ला ताप्लेजुङमा एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जिल्ला अस्पताल ताप्लेजुङका सूचना अधिकारी विजया राईका अनुसार जिल्लाको मेरिङदेन गाउँपालिकाका १३ वर्षीय बालकमा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत् सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ।
चीनमा भारी वर्षा हुँदा रसुवाको भोटेकोशी नदीमा आकस्मिक बाढी आउँदा रसुवामा ठुलो क्षति भएको छ।
कास्कीको माछापुच्छरे गाउँपालिका –३, घाचोकमा बुधबार पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पोखरा महानगरपालिका वडा २५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका –६, कामदमा बुधबार अपरान्ह सय वर्ष पुरानो घर भत्किएर बालकको मृत्यु भएको छ । मान्छे बस्न छाडेको २० वर्ष भइसकेको नवीन सिंहको घर भत्किँदा कामद गाउँको गौतम माझीका छोरा ६ वर्षीय अरुण माझीको मृत्यु भएको हो ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले विधान विपरीत गरिएको राष्ट्रिय भेलालाई मान्यता दिन नसकिने बताउनुभएको छ।
आदिबासी जनजाति आयोग र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) विच समन्वय र सहकार्य गरी आदिबासी मुद्दामा सहकार्य गरी अघि बढ्ने विषयमा पदाधिकारीहरुबिच सहमति बनेको छ ।