विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।
कालिकोटको पचाल झरना गाउँपालिका वडा नं ४, लाफागाउँमा बर्खाको समयमा देखिएको हरियाली धानबाली र पृष्ठभूमिमा कर्णाली नदी ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताउनुभएको छ।
नवलपुरको गैडाकोट नगरपालिका –११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा बुधबार भएको आगलागीबाट करिव २० करोड बराबरको भौतिक क्षति पुगेको जनाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जना ‘बोर्ड अफ ट्रेड’ मा विज्ञ सदस्य नियुक्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको जानकारी गराउनु भएको छ।
अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ। कार्यदलमा अर्थ मन्त्रालय वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहनुभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ।
सङ्घको बुधबार काठमाडौँमा सम्पन्न चुनावी साधारण सभाले शाहको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । शाह तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान बेपत्ता भएको बसमा सवार १० जनाको मृत्यु पुष्टि भएको छ । सरकारी सञ्चार माध्यमका अनुसार, घटनाको खोजी तथा उद्धार कार्य जारी रहँदा अझै चार जना हराइरहेका छन् ।
सिन्धुलीको घर छाडेर पोखरा आइपुगेका हायू परिवार अहिले गण्डकी प्रदेशको पोखरा महानगरमा रमाइरहेका छन् ।
नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैँकमा तीन अर्ब २० करोड भन्दा बढी घोटाला भएको निष्कर्षसहित बुधबार उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरिएको छ
शक्तिशाली आँधी को-मेका कारण बुधबार भारी वर्षा र तीव्र हावा आएपछि साङ्घाइ सहरका लगभग दुई लाख ८३ हजार मानिसहरूलाई सुक्षित स्थानमा स्थानान्तरण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा नियुक्त पुनर्गठन, कार्यविभाजन गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा व्यावसायिक फुटबल खेलको विकासमा अग्रसर कैलालीका सुरेश हमालको ४८ वर्षको उमेरमा निधन भएको छ।
धनुषाको छिरेश्वरनाथ नगरपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । बुधबार प्रशासनिक भवनको उद्घाटन पश्चात सेवा प्रवाह सुरु गरिएको हो ।