• १५ साउन २०८२, बिहिबार

एथलेटिक्स सङ्घमा शाह पुन: निर्वाचित

blog

एथलेटिक्स सङ्घका निर्वाचित पदाधिकारीहरु ।

काठमाडौँ, साउन १४ गते । नेपाल एथलेटिक्स सङ्घको अध्यक्षमा राजीव विक्रम शाह पुन: निर्वाचित हुनुभएको छ ।

सङ्घको बुधबार काठमाडौँमा सम्पन्न चुनावी साधारण सभाले शाहको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । शाह तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । 

निर्वाचित सङ्घको उपाध्यक्षहरुमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोष कुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ रहनुभएको छ ।

यस्तै महासचिवमा संजिव तुलाधर, सचिवमा आरके विष्ट र कोषाध्यक्षमा मोहनबहादुर घले निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा अन्जु चौधरी, दिलबहादुर बम, नन्दु काउचा, अनिरुद्र कुमार चौधरी, मोजाउल हक, शिवलाल आचार्य र पदमा चौधरी रहनुभएको छ ।

साधारण सभामा एसियन एथलेटिक्सका महासचिवलगायत पाँच प्रदेशका प्रतिनिधिको सहभागिता रहेको थियो । यसअघि साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभएको थियो ।  

उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुब आचार्य, राखेपका बोर्डसदस्यलगायतको उपस्थिति रहेको थियो ।