परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताउनुभएको छ । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उहाँले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गर्नुभयो ।
नेवार समुदायको सांस्कृतिक पहिचान बोकेको लाखेनाच पूर्वी नेपालका विभिन्न नेवार बस्तीहरूमा नागपञ्चमीदेखि सुरु भएको छ।
सङ्घीय संसद् राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।
गत आर्थिक वर्ष २०८१/ ८२ मा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी मात्रै उठाउन सकेको देखिएको छ ।
यो वर्ष बाजुरामा साउनको दोस्रो सातामा धान रोपाइँ सकिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको रिक्त नेता पदका लागि प्रदेश सभा सदस्यद्वय बहादुर सिंह लामा तामाङ र इन्द्रबहादुर बानियाँको उम्मेदवारी मनोनयन दर्ताभएको छ ।
नवलपुरको गैँडाकोट नगरपालिका–११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ ।
केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार पाएको बताउनुभयो ।
परम्परागत वन व्यवस्थापन प्रणालीलाई विस्थापित गरी सातै प्रदेशमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागु गर्नुपर्नेमा वन विज्ञहरूले जोड दिएका छन् ।
भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौँको परोपकार प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियाका स्थानीय राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट आपत्कालीन तटबन्ध निर्माण गरिएको हो ।
बागलुङको जैमिनी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
तीन दिनसम्म भोक हड्तालमा बस्नुभएका मेयर तीर्थराज भट्टराई माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन सुरु गरेको बताउनुभएको छ । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा मेयर भट्टराईले आमरण अनशन सुरु गर्नुभएको बताउनुभयो ।
बागलुङको बुकीपाटन क्षेत्रमा पर्ने टीकाधारा क्षेत्र । समुद्री सतहदेखि चार हजार २०० मिटरको उचाइमा बनाइएको टीकाधारामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
म्याग्दी,पर्वत र बागलुङका किसानहरुलाई लक्षित गरी पर्वतको जलजला गाउँपालिका– ८ डमुवाखोलामा कोल्ड स्टोर निर्माण गरिएको छ ।