प्रेमराज सिम्खडा
कालीकोट साउन १५ गते । जिल्ला प्रशासन कार्यालय कालीकोटको अधिकरण गरिएको जग्गामा खेती नगर्न परिपत्रसँगै सार्वजनिक सूचना गरेको छ । कार्यालयले फुकोट कर्णाली अर्ध जलासाययुक्त जलविद्युत आयोजना स्थलमा निमार्ण गर्न आयोजनाले अधिकरण गर्ने भनिएको जग्गामा स्थानीयले खेती लगाउन थालेपछि प्रशासनले परिपत्र गरेको हो ।
नेपाल सरकारको स्वमित्वमा रहेको राष्टिय प्रशारण ग्रिड कम्पनी लिमिटिडद्वारा निमार्णाधिन कर्णाली करिडोरअन्तर्गत फुकोट बेतन दोदोधारा चार सय (४००) के.भी डबल सर्किट प्रशारण लाईन आयोजनाको फुकोट सव स्टेसनका लागि अधिकरण गरिएको हुँदा त्यो क्षेत्र खाली गर्न भनिएको छ । अधिकरण गरिएको क्षेत्रमा कार्यलयका केही संरचना निमार्ण गर्नुपर्ने र घेरवार गर्नुपर्ने भएकाले घर टहरा छोड्न जिल्ला प्रशासन कार्यालय सूचना गरेको हो ।
असार २६ गते जिल्ला मुआब्जा निधारण समितिको बैठकले घर टहरा खाली गर्न सूचना गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ । यो क्षेत्र भदौ १५ गते भित्र खाली गरी सक्न सूचनामा उल्लेख छ । बिद्युत उत्पादनका लागि खाँडाचक्र नगरपालिका वडा नं ११ रेगिलको जग्गा आयोजनाले अधिकरण गरेको थियो । सब स्टेशनदेखि अन्य कार्यालय प्रयोजनका लागि रेगिलका किसानको जग्गा अधिकरण गरेको आयोजनाको कार्यालयले जनाएको छ ।
उक्त जमिनमा कार्यालयका केही संरचना तत्काल निमार्ण गर्नुपर्ने र घेरवार गर्नु पर्ने छ । यहाँ खेती नगर्न र लगाएको खेती भित्र्यउनका लागि भने समय दिईएको सूचनामा उल्लेख छ । त्यसपछि खेती गर्न पाइने छैन ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भट्टराईले सरकारले अधिकरण गरिसके पनि आवस्यक क्षतिपुर्ति दिइसकेपनि पुनः त्यसैमा खेती गर्न नहुने बताउनुभयो ।
‘‘यो पटक भने धान रोपेको भन्ने सूचना आएकाले कात्तिकसम्म छुट दिएको हो । फेरी बाली लगाएमा बिउ खेर जान्छ त्यसैले सूचना गरेका हौँ ।’’ प्रजिअ भट्टराईले भन्नुभयो । सूचनापछि पनि घर टहरा नहटाएमा कानुन अनुसार हुने जारी सूचनामा उल्लेछ छ ।
वर्षमा चार वटा बाली उत्पादन हुने क्षेत्र रेगिलको जमिन विद्युत उत्पादन कम्पनीलाई दिन रेगिलका नागरिक सहमत हुन झण्डै दुई वर्ष लागेको थियो ।