• १५ साउन २०८२, बिहिबार

भरत तालमा डुबेर महिलाको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, साउन १४ गते । सर्लाहीको बागमती नगरपालिका–१२, भरत तालमा डुबेर बुधबार एक महिलाको मृत्यु भएको छ । 

मृतकको नाम, ठेगाना खुल्न सकेको छैन । तराई मुलको जस्तो देखिने मृतक महिला अन्दाजी २०-२१ वर्षको जस्तो देखिने इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले बताउनुभयो । 

तालमा खस्नुअघि महिलाले ‘बचाऊ’ भनेर चिच्याएपछि ताल परिसरमा व्यवसाय गर्ने र घुम्न गएका मानिस घटनास्थल नजिकै पुगेका थिए तर उनीहरुले महिलालाई सकुशल बाहिर निकाल्न भने सकेनन् । तालको पानीमा तैरिरहेको अवस्थामा मृत फेला पर्नुभएको महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । 

उहाँले मृतकको परिचय खुलाउन सोधखोज भइरहेको जानकारी दिनुभयो । घाँटीमा मङ्गलसुत्र लगाउनुभएको मृतक महिलाले टप्स र जिन्स पाइन्ट लगाउनुभएको प्रहरीले जनाएको छ ।