समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मङ्गलबार हेलिकप्टरबाट उद्धार गरिएको छ । साथै जोखिममा परेको आमा र शिशुको जीवन जोगिएको छ । सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई उद्धार गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताउनुभएको छ ।
बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो ।
नारायणी नदीमा एकै दिन दुई जना हाम फालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिका–५ कुसमुघाट निवासी १५ वर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वडा नम्बर १ स्थायी घर भएका ५९ वर्षीय मिठा गिरी नदीमा हाम फालेर बेपत्ता हुनुभएको हो ।
स्वास्थ्य नै धन हो । मानिसका लागि गाँस, बास र कपास पहिलो सर्त हो ।
गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्नुहुन्छ उहाँ ।
विशिष्ट भौगोलिक बनोट, भौगर्भिक गतिशीलता, प्राकृतिक एवं मानवीय क्रियाकलापबाट सिर्जित विपत्को जोखिममा हामी छौँ । साथै जलवायु परिवर्तनबाट परेको प्रतिकूल प्रभावका कारणले विपत्को दृष्टिकोणले उच्च जोखिममा रहेको बाढी, पहिरो, महामारी, आगलागी, शीतलहर र हिमताल
गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् ।
बागलुङमा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर सञ्चालन हुँदै आए पनि सवारी दुर्घटनाबाट वर्षेनी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
षडानन्द नगरपालिकाको दिङ्लामा रु आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुँदै छ । कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेता निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
मधेश प्रदेश अहिले गम्भीर जलसङ्कटको सामना गरिरहेको छ ।