• १५ साउन २०८२, बिहिबार

नदी किनारमा शव फेला

blog

अविनाश चौधरी

धनगढी, साउन १४ गते । कैलालीको धनगढी नगरपालिका–१३, मोहना नदी किनारमा बालकको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी आठ–नौ वर्षको देखिने बालकको शव सडेको अवस्थामा फेला परेको हो ।

प्रादेशिक आयुर्वेद चिकित्सालय पछाडि नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो । शवको पहिचान हुन सकेको छैन । बालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सिंहले जानकारी दिनुभयो ।