योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको मात्रै नभई उद्योगी व्यवसायीको समेत हितमा रहेकाले यसलाई अझै वैज्ञानिक बनाउनु आवश्यक रहेको औँल्याइएको छ ।
चीनको साझेदारीमा सिन्धुलीमा निर्माण हुन थालेको भैँसीको मासु प्रशोधन फ्याक्ट्री (प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री) का लागि २० अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।
सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको छ । सरकारले पर्यटन नीति २०६५ जारी गरेको १७ वर्षपछि नयाँ नीति ल्याएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।
नेप्से परिसूचक चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार सेयर बजारको आकार पहिलो पटक बजार पुँजीकरण ५० खर्ब रुपियाँ पुगेको हो । बजार लगातार बढ्न थालेसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्तिका रूपमा रहेको बजार पुँजीकरण आकार नयाँ उचाइमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ६१ पैसा र बिक्रीदर १३९ रुपियाँ २१ पैसा निर्धारण गरिएको छ ।
कुकुरले बच्चा नजन्माओस् भनेर सङ्गिनी सुई (डिपो) लगाउने मात्र हैन, खसीबोका र बङ्गुरमा पनि लगाउने गरेको पाइएको भन्दै नेपाल पशु चिकित्सा परिषद्ले त्यसमा ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादीनिकट अखिल क्रान्तिकारीको अवरोधका कारण त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) प्राडा खड्ग केसी र कुलसचिव (रजिस्ट्रार) प्राडा केदारप्रसाद रिजाल दुई महिनादेखि कार्यकक्ष प्रवेश गर्न पाउनु भएको छैन ।
मिडियाको नियमनकारी संस्था प्रेस काउन्सिल खारेज गरी बन्ने मिडिया काउन्सिल (परिमार्जित आमसञ्चार परिषद्) को संरचनागत, कार्यगत र आर्थिक स्वायत्तता सुनिश्चितता गरेर मात्र संसद्मा विचाराधीन विधेयक पारित गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले प्रतिवेदन लेखन सुरु गरेको छ । समितिले प्राप्त कार्यादेशको पहिलो र चौथो बुँदामा केन्द्रित भएर प्रतिवेदन तयारी सुरु गरेको हो ।
स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशुलाई अनमीले लगातार सात घण्टासम्म मुखले कृत्रिम श्वास दिएर बचाउन सफल हुनुभएको छ । बैतडीको सिगास गाउँपालिका–४, कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजाराले कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान बचाउनुभएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका –९, रामनगरमा पर्याप्त आकाशे वर्षाको कामना गर्दै मङ्गलबार दुई जना सांसदलाई हलो जोत्न लगाइएको छ ।
थारू समुदायले गुरिया (गुरही) पिटेर नाग देउतालाई खुसी पारेका छन् । कपडाको टालोले गुरिया बनाएर पूजा गर्दै गुरही पर्व मनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित गुरही चौकमा थारु समुदायले आज हर्षोल्लासपूर्वक गुरही पर्व मनाएका छन् ।