• २ जेठ २०८३, शनिबार

गुल्मीमा १६० जनाको राहदानी, नौ लाख राजस्व संकलन

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास (गुल्मी), जेठ २ गते । 
गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत सोमबारदेखि शुक्रबारसम्म १६० जनाले राहदानी बनाएको र नौ लाख १७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको  हो ।

सोही समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट २३८ जनाले नयाँ नागरिकता बनाउँदा १५१ जनाले प्रतिलिपि लिएका छन् भने एक जनाले वैवाहित अंगिकृत र एक जनाले गैर आवसीय  नागरिकता लिएका छन् ।

उक्त अवधिमा पाँच जनाको नावालक परिचय पत्र, राहदानीको आवेदन संकलन १६०, राहदानी वितरण २३७, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ४८३, राष्ट्रिय परिचयपत्र वितरण १८६, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित १०० र छ वटा संस्था नविकरण   भएको छ ।

एक हप्ताको समय अवधिमा राहदानीबाट नौ लाख १७ हजार पाँच सय, संस्था दर्ता तथा नविकरण, हातहतियारबाट छ हजार र राष्ट्रिय परिचयपत्रबाट तीन हजार पाँच सय गरी कुल नौ  लाख २७ हजार  रुपियाँ राजस्व संकलन भएको हो ।