• २ जेठ २०८३, शनिबार

जाग जाग, युवा जाग (कविता)

blog

युवा हौ, जोस हौ 

उन्नतिको संवाहक 

कर्णधार राष्ट्रको 

व्यथितिको संहारक !


मानेन झुक्न तिम्रो शिर 

कुनै तानाशाहको गारदमा 

मृत्यु नै स्विका¥यौ तिमीले 

मृत्युकै विजय भयो ।


युवा हौ, जोस हौ...

जाग जाग, युवा जाग !

युवा हौ, जोस हौ.....

जाग जाग, युवा जाग !


‘भ्रष्ट मुक्त, मुक्त राष्ट्र 

समानता र समृद्धि 

चन्द्र सूर्य ध्वजाको

स्वाधीनता र सम्मान !’


सहिदको रगतमा 

लतपतिएको सपना 

अठोट गर पूरा गर्ने 

आएको छ तिम्रो काँधमा ।


जगाई जीवित आशा त्यो 

पूरा गर अठोट 

युगले मागेको छ

तिम्रो पौरख– नेतृत्व ।


युवा हौ जोस हौ

सामथ्र्यको प्रतीक 

उदारक राष्ट्रको 

विसङ्गतिको विनाशक !


सकेन झुकाउन तिम्रो शिर 

कुनै शक्ति राष्ट्र ताकतले 

मृत्यु नै स्विका¥यौ तिमीले 

मृत्युकै विजय भयो ।


युवा हौ, जोस हौ....

जाग जाग, युवा जाग !

युवा हौ, जोस हौ...

जाग जाग, युवा जाग !