नेपाली जनताले समृद्धिको आकाङ्क्षा राखेको लामो समय बितिसकेको छ । आजको भूमण्डलीकरणको स्थितिले विश्व एउटै समाज, एउटै गाउँ जस्तै बन्दै गएको परिवेशमा सम्पन्नता र समृद्धि पाउने लालसा र इच्छा नेपाली मनमा कैयौँ गुणा बढेर गएको छ । सूचना तथा प्रविधिमा आएको क्रान्तिले विश्वस्तरमा मानवद्वारा उपयोग भइरहेका विविध सेवासुविधा, सुख, चयन, प्राप्ति र आमोदप्रमोदको परिवेशलाई नेपालीले गौर गरेर हेर्ने, बुझ्ने र नियाल्ने अवसर पाइरहेका छन् । विगतमा प्रचलित राज्यप्रणाली र व्यवस्थामा परिवर्तन ल्याउन राजनीति दलसमेतले जनताको समृद्धिको आकाङ्क्षा ह्वात्तै बढाउने गरी नारा, भाषण र वक्तव्यबाजीसमेत नगरेका होइनन् । यस्ता चरम आशा जगाउने काम कति सही थिए/थिएनन् सायद तिनै दलले आलोपालो सरकारको नेतृत्व गरिरहँदा पक्कै पनि महसुस गरेकै हुनु पर्छ ।
जनतालाई आफूले दिएको समृद्धि हासिल गर्ने प्रतिबद्धता पूरा गर्न सत्तारूढ दलहरूले विगतको १५ औँ योजना र हाल कार्यान्वयनमा रहेको १६ औँ योजनामार्फत राष्ट्रिय समृद्धि हासिल गर्ने रणनीति अख्तियार गरिरहेका छन् । विसं २१०० सम्ममा नेपालीका लागि ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने ढङ्गले योजना कार्यान्वयन भइरहेको स्थिति छ । समृद्धिको राष्ट्रिय लक्ष्यप्राप्तिका साधन र समृद्धिका पक्ष पनि बहुपक्षीय हुन्छन् ।
वनक्षेत्रबाट हुने समृद्धिमा आर्थिक तथा भौतिक उपलब्धिलाई मात्र हेरिएको छैन यद्यपि यी पक्ष समृद्धिका आधारभूत आयाम हुन् । सुन्दर प्रकृति, रोमाञ्चकारी वन्यजन्तु, सेताम्मे हिमाल, कलकल गर्ने र बग्ने झरना, खोलानाला र प्रकृति विचरणबाट प्राप्त हुने सुखानुभूति मान्छेका मनका समृद्धियुक्त परिवेशका पाटा हुन् । त्यस्तै प्रकृतिमा भएका विभिन्न जीवको अध्ययन अनुसन्धानबाट प्राप्त ज्ञानको भण्डार र यिनीहरूको सदुपयोगले मानवीय जीवनमा पुगेको योगदान पनि समृद्धिकै अंश हुन् । मौद्रिक र गैरमौद्रिक, प्रत्यक्ष र अप्रत्यक्ष, देखिने र अनुभूति एवं अनुभव गरिने पक्षका आधारमा विचार पु¥याउनु जरुरी छ । धनले मात्र मानिस सुखी र खुसी भएको, भौतिक वस्तुको सङ्ग्रहले मात्र मानिस रमाएको र रमाउँछ भन्ने ग्यारेन्टी छैन ।
नेपालको समृद्धि प्राप्तिमा वनको अमूल्य योगदान पुग्न सक्छ । समृद्धि र सुखका लक्ष्य किटानी गर्दा उत्पादन र उत्पादकत्व एउटा महìवपूर्ण पक्ष हो । वनको सुदृढ व्यवस्थापनले उत्पादन र उत्पादकत्वमा महìवपूर्ण योगदान पुगेको छ । भूक्षय, बाढीपहिरो, भूस्खलन जस्ता जमिन क्षयीकरण हुने प्रव्रिmयालाई वन वनस्पतिले रोकेर कृषियोग्य जमिनमा मलिलो माटो जोगाउन ठुलो मद्दत गरेको छ । यस कार्यले कृषि उत्पादनमा अभिवृद्धि ल्याउन बृहत्तर सहयोग पुगेको छ । जलीय चक्रको नियमन गरी बर्सातको पानी पार्न बोटबिरुवाको अहम् भूमिका छ । यस्तो जलीय चक्रको नियमनबाट उत्पादनमा अभिवृद्धि हुन पुगी समृद्धिमा ठुलो टेवा पुग्न जान्छ । कृषिबाली उत्पादनका लागि हुने परागसेचन प्रक्रियामा संलग्न हुने विविध कीटपतिङ्गरका लागि चाहिने वासस्थान वृक्षले नै दिइरहेको हुन्छन् । बोटबिरुवा नहुने हो भने यस्ता प्राणीका लागि आवश्यक रहने वासस्थानको अभाव भई कृषि उत्पादन हुन सक्दैन ।
प्रदूषित वातावरण भयो भने मानवीय जीवनले चयन र शान्तिको वातावरण कहिल्यै पाउँदैन । वातावरण बिग्रिएर हुने प्रदूषित अवस्थाको चपेटामा पर्दा विविध प्रकारका रोगव्याधि, महामारी सिर्जना भएर मानवीय जीवन तहसनहस हुन पुग्छ । सन्तुलित वातावरणका लागि बोट, वृक्ष, वनस्पतिको भूमिका महìवपूर्ण रहन्छ । काठमाडौँ राजधानी सहरकै कुरा गर्ने हो भने बोट, वृक्ष, वनस्पतिको पर्याप्त व्यवस्थापन हुन नसक्दा वातावरण अत्यधिक प्रदूषित भएको यहाँ रहने सबैले अनुभव गरेकै विषय हो । उपत्यकाको उकुसमुकुस वातावरणबाट केही दिन र घण्टाका लागि भए पनि उन्मुक्ति पाउनकै लागि धेरै मानिसको उपत्यका वरपरका डाँडामा रहेका होटेल, रेस्टुराँ, गुम्बा, मन्दिरमा भिड बढ्दै गएको देखिन्छ । यस्ता क्षेत्रका वनमा घुमफिर गर्ने मानिसको घुइँचो बढ्दो छ । नेपालको अन्य क्षेत्रको तुलनामा सहरवासी पक्कै पनि बढी सम्पन्नशाली र साधनस्रोत विभूषित छन् । प्रदूषणले यस्तो खालको भौतिक समृद्धिले मात्र उहाँहरूको मनमा शान्ति र चयनको आभास हुन सकेन ।
समृद्धिको महìवपूर्ण सूचकमध्येको आर्थिक वृद्धिमा वनक्षेत्रको योगदान अमूल्य छ । यसको पूर्ण क्षमताको उपयोग हुन नसक्दा ठुलो आम्दानी हरेक वर्ष गुमेको अवस्था छ । वार्षिक रूपमा गणना गर्दा वनक्षेत्रबाट १० अर्बभन्दा बढी राजस्व आम्दानी गर्न सकिएको छैन । एक अध्ययनले इङ्कित गरे अनुसार नेपालका वनमध्ये सम्भाव्य रहेका उत्पादनमूलक वनको २२ लाख हेक्टर क्षेत्रलाई वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनको पद्धतिमा रूपान्तरण हुँदा प्रतिवर्ष न्यूनतम १५ करोड घनफिट काठ उत्पादन हुने छ ।
आन्तरिक प्रयोजनका लागि आवश्यक पर्ने करिब सात लाख घनफिट काठबाहेक बाँकीको अन्तर्राष्ट्रिय बजार सुनिश्चित हुन सके न्यूनतम आठ करोड घनफिट काठको निर्यातद्वारा क्रम्तीमा पनि ४० अर्ब रुपियाँ बराबरको वार्षिक आम्दानी हुने छ । यस्तो काठको उत्पादनबाट बर्सैभरि दुई लाखभन्दा बढी श्रमिकले रोजगारी गरी आम्दानी गरिरहने छन् । स्वदेशभित्रको यत्रो ठुलो काठ उत्पादनको अवसर गुमाउँदै उल्टै हामीले विभिन्न मुलुकबाट अर्बौं मूल्यका काठ आयात गरिरहेको विडम्बनापूर्ण स्थिति छ । कस्तुरीले आफ्नै नाभीको बिनाको सुगन्ध थाहा नपाएर अन्यत्र खोज्न भौँतारिए जस्तो भ्रामक अवस्थाबाट नेपालीले पार पाउनै पर्छ । नेपालका वनबाट उत्पादित हुने काठको सही सदुपयोगबाट राष्ट्रिय समृद्धि प्राप्तिको आकाङ्क्षामा ठुलो योगदान पुग्ने छ ।
करिब ६८ लाख हेक्टर वनक्षेत्र रहेको स्थलमा बहुमूल्य प्रजातिका अनेकौँ जडीबुटी तथा औषधीजन्य वनस्पतिको प्रचुरता छ । तिनको खोज, अध्ययन अनुसन्धान, प्रविधि विकास, प्रशोधन, मूल्य अभिवृद्धि, बजारीकरणबाट वार्षिक अर्बौं मूल्यको राजस्व आम्दानी हुन प्रबल सम्भावना छ । हालको अवस्था हेर्दा यस्ता जडीबुटीको अधिकांश निकासी कच्चा पदार्थका रूपमा मात्र भइरहेको छ । यस्ता जडीबुटीबाट उच्च मूल्यका वस्तुको अन्तर्राष्ट्रिय व्यापारमा लैजान सकेमा नेपालको आम्दानीमा अभिवृद्धि हुन पुगी आर्थिक समृद्धिमा योगदान पुग्ने छ । हामीले अवसर गुमाएको क्षेत्रमध्ये यो पनि एउटा महìवपूर्ण सम्भावना हो ।
नेपालको वनमा प्रचुर रूपमा पाइने र खेती प्रणालीमा समेत विस्तार गर्न सकिने अर्गेली वनस्पतिबाट जापानी नोट ‘यन’ बन्ने गरेको छ । यसको मात्रै खेती विस्तार, प्राकृतिक अवस्थामा संरक्षण गर्न सकेको खण्डमा यसको लोक्ता वा बोव्रmा (रेसा) वा कागज बनाई जापानमा निकासी गर्न सकिने प्रबल सम्भावना छ । सीमित मात्रामा निकासी भएको पनि छ । राष्ट्रिय समृद्धि हासिलका लागि यस्ता बहुमूल्य प्रजातिको विकास र विस्तारमा हामीले प्राथमिकतापूर्ण ढङ्गले कार्य सञ्चालन गर्ने परिपाटी बसाल्न अब ढिला गर्न हुन्न ।
हाम्रो समृद्धिमा योगदान दिने अर्को क्षेत्र हो पर्यापर्यटनको उद्यमशीलताको विकास र विस्तार । नेपालको विकासमा फड्को मार्न सहयोग गर्ने तुलनात्मक लाभका क्षेत्रमध्ये पर्यापर्यटन हो भनेर सबैले भन्दै र मान्दै आएको विषय हो । राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र नेपाल घुम्न आउने विदेशी पाहुनाका मन पराइएका स्थल हुन् । यस्ता क्षेत्रमा विचरण गर्ने बाघ, गैँडा, हात्ती, जरायो, चित्तल, रतुवा, कृष्णसार, भालुलगायतका जीवजन्तु, घना वनजङ्गल, अनौठा वनस्पति एवं क्षेत्र विदेशी पाउनाका आकर्षक चिज हुन् । विदेशी पाहुनालाई अझ बढी दिन बसौँबसौँ लाग्ने बनाउन हाम्रा यातायात प्रणाली, सडक, होटेल, आवासगृह, संस्कृति जस्ता पक्षमा व्यवस्थित ढङ्गले काम गर्न जरुरी छ । यातायाताको सुलभता, सडकको गुणस्तरीयता, होटेलको आकर्षण र संस्कृतिको प्रसारप्रचारले पाहुना लोभिन्छ । यसो हुँदा पर्यापर्यटनको प्रभावकारी व्यवस्थापन हुन सकेमा यस क्षेत्रबाट प्रचुर आम्दानी, रोजगारी सिर्जना भई मुलुकले लिएको समृद्धिको गन्तव्यमा पुग्न बृहत्तर योगदान पुग्ने छ ।
पर्यटन उद्यमशीलताका मुख्य पक्ष ‘कल्चर, नेचर र एडभेन्चर’ मा अब हामीले हाम्रो ध्यान केन्द्रित गर्नै पर्छ । राष्ट्रिय समृद्धि प्राप्तिमा योगदान दिने उल्लिखित क्षेत्रका अतिरिक्त प्रभावकारी कृषि वन प्रणालीको परिचालन, वातावरणीय पक्षलाई लेखाजोखा गरी सञ्चालन हुने नदीजन्य पदार्थसँग सम्बन्धित उद्योगको विकास र विस्तार, वन्यजन्तुको पालन, प्रजनन, अध्ययन अनुसन्धान र व्यावसायीकरण, कार्बन व्यापारका लागि आवश्यक तयारी र व्यवस्थापन जस्ता अनेकौँ क्षेत्र छन् । यी क्षेत्रको प्राथमिकतापूर्ण तवरमा व्यवस्थापन गर्न सकिएमा समृद्धि प्राप्तिको बृहत्तर लक्ष्यमा ठुलो योगदान पुग्ने छ । बाँकी सरकारले लिने निर्णयमा निर्भर भइहाल्छ !