• १४ साउन २०८२, बुधबार

जोर्डनमा व्यावसायिक फुटबल खेल्दै प्रीति

blog

मिडफिल्डर प्रीति राई ।

काठमाडौँ, साउन १३ गते । नेपाली राष्ट्रिय महिला टोलीकी चर्चित मिडफिल्डर प्रीति राईले जोर्डनमा व्यावसायिक फुटबल खेल्ने मौका पाउनुभएको छ । 

प्रीतिलाई जोर्डनको अल इत्तिहाद क्लबले एएफसी च्याम्पियनसिप लिग २०२५/२०२६ को प्रारम्भिक चरणका खेल खेल्न अनुबन्ध गरेको हो । 

अल इत्तिहादबाट खेल्नका लागि प्रीति जोर्डन गई सक्नुभएको छ । घरेलु फुटबलमा विभागीय टोली एपिएफ क्लबाट खेल्दै आउनुभएकी प्रीतिले विदेशमा व्यावसायिक फुटबल खेल्न लागेको यो दोस्रो क्लब हो । 

उहाँले यसअघि भारतको किक स्टार्स फुटबल क्लबबाट इन्डियन वुमेन्स लिग खेलिसक्नुभएको छ । इत्तिहात क्लब जोर्डनको प्रो लिग खेल्ने टोली हो । यस क्लबले सन् २०२३ र २०२४ मा लगातार जोर्डनको लिग जितेको थियो ।