• १३ साउन २०८२, मङ्गलबार

दैलेखका चार पालिकाले करार कर्मचारी हटाउने

blog

यामराज विष्ट

पञ्चकोशी-दैलेख, साउन १२ गते । दैलेखका चार पालिकाले करारका कर्मचारी हटाउन लागेका छन् । नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागु हुने गरी जिल्लाका नारायण नगरपालिका, चामुण्डा बिन्द्रासैनि नगरपालिका, डुवेश्वर गाँउपालिका र भैरबी गाँउपालिकाले करारका कर्मचारी हटाउन लागेका हुन् ।

जिल्लाका चार पालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई साउन १ गतेबाट लागु हुनेगरी करारका कर्मचारी अर्को व्यवस्था नभएसम्म म्याद थप नहुने सार्वजनिक सूचना जारी गरेका छन् ।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका नारायण नगरपालिकाले कर्णाली प्रदेश स्थानीय सेवा सङ्गठन तथा सञ्चालन ऐन २०८१ को दफा (१४)१ र २ बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने बमोजिम नगरपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा कार्यरत करारका कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि म्याद थप नहुने गराउर्दै जानकारी गराउर्दै हाजिर नगर्न नगराउन भनेको छ । 

चामुण्डा बिन्द्रासैनी नगरपालिका र डुङ्गेश्वर गाउँपालिकाले करारका कर्मचारी हटाउने भएको छ । पालिकाले आर्थिक वर्ष साउन १ गतेदेखि कर्णाली प्रदेश स्थानीय सेवा सङ्गठन तथा सञ्चालन ऐन २०८१ को दफा (१४) १ र २ बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने बमोजिम पालिकाका अन्तर्गतका ज्यालादारीमा सम्झौता भई कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि लागु हुनेगरी म्याद थप नहुने भन्दै सार्वजनिक सूचना नै निकालेको छ ।


यस्तै भैरबी गाउँपालिकाले पनि करारका कर्मचारी हटाएको छ । पालिकाले असार ३२ गते जारी गरेको सुचनामा करार सम्झौता थप नहुने निर्णय भएकाले अर्को निर्णय नभएसम्मका लागि कार्यालयमा हाजिर भई कामकाज नगर्न भनिएको छ ।