• १३ साउन २०८२, मङ्गलबार

विश्वकप टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

blog

छनोट खेलबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, साउन १२ गते । विश्वकप टेबल टेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप नेपालमा हुने भएको छ ।

अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा बुधबार र बिहीबार छनोट खेल हुन लागेको हो । 

एसियन टेबल टेनिस युनियनको वार्षिक कार्यक्रमअनुसार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा  नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सको सहभागिता रहने छ ।

जसमा भारतबाट १०, नेपाल, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सबाट समान आठ आठ जना खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा महिला तथा पुरुष टिम गरी दुई विधा समावेश गरिएको छ । प्रतियोगिताको विजेताले विश्वकप टिम टेबल टेनिस च्याम्पियनसिप–२०२६ मा भाग लिन पाउने छ ।