काठमाडौँ, साउन १३ गते । ठुलोभेरी नदीमा फसेका चार जना स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ । डोल्पाको ठुलोभेरी नगरपालिका–३, धूपीचौरस्थित ठुलीभेरी नदीमा दाउरा सङ्कलन गर्न गएका बेला पानीको बहाव बढ्दा उनीहरू नदीको बिचमा फसेका थिए ।
नेपाली सेना, संग्राम शार्दुल गुल्म डोल्पाबाट खटिएका टोली, अन्य सुरक्षा निकाय र स्थानीयहरूको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको नेपाली सेनाले जनाएको छ ।