राजन रावत
हुम्ला, साउन १३ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको तिलगाउँमा पुनः लेदोसहितको पहिरो गएको छ । सोमबार राति गएको लेदोसहितको पहिरो तिलागाउँको अर्को स्थानमा आएको हो ।
गाउँको पश्चिम दक्षिणतर्फ लेदोसहित आएको ठुलो पहिरोले हिल्सातर्फ जाने काठेपुल बगाएको वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
लेदोसहितको पहिरो गाउँको उत्तर–पश्चिम दिशाबाट बग्ने स्योगान खोलाबाट आएको वडाध्यक्ष तामाङले बताउनुभयो । स्योगान खोलाको माथिल्लो तटीय क्षेत्रमा हिमतालहरू समेत रहेका छन् ।
गत जेठ १ गते तिल्जुङ खोलाको माथिल्लो जलाधारमा दुई वटा हिमतालको पानी चुहिएर पहिरो गएको थियो । यसैबिच हल्जी गाउँमा पनि पहिरो गएको छ । हल्जी गाउँको माथि पनि ठुलो हिमताल रहेको छ ।