संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको नेतृत्वमा संसद सचिवालय परिसर सफाइ गरिएको छ ।
जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाउनु भएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख रुपियाँ भुक्तानी गरिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गजदीश खरेलले जानकारी दिनुभयो ।
सुनौलौ हजार दिनका आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र सरसफाईका सामानहरु प्रदान गरिएको छ । सो उमेर समूहका आमा र शिशुको कुपोषणबाट जोगाउन र सरसफाई गर्न सहजताका लागि गाउँपालिका स्वास्थ्य शाखाले सामग्री प्रदान गरेको हो ।
दसैँको अवसर पारेर बाँकेमा रैथाने उत्पादन संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले ‘पोषण मेला’ तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउन राष्ट्रिय संवादको आयोजना गर्नुपर्ने बताउनु भएको छ।
मनाङको नासोँ गाउँपालिका-७ मा अवस्थित भिमथाङ भ्याली । उक्त भ्याली तिब्बतबाट नुन आयत गरेर भण्डारण गरिने पुरानो व्यापारिक केन्द्रको रुपमा परिचित छ ।
दसैंको समयमा नेपालगन्जमा मासुको माग उच्च भएपछि सीमा पारीबाट हुँदैआएको कुखुराको अवैध आयात बढेको छ । जेनजी आन्दोलनको समय सुरक्षाकर्मीको ध्यान सुरक्षा व्यवस्थापनतर्फ केन्द्रित रहेको मौका छोपेर सीमापारी रुपैडिहाबाट कुखुराको अवैध आयात बढेको हो ।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग नेपालका लागि यूरोपियन युनियन, जर्मनी, फिनल्याण्ड र फ्रान्सका राजदूत तथा प्रतिनिधिहरुले संयुक्त रूपमा आइतबार शिष्टाचार भेट गर्नुभएकाे छ ।
कैलालीमा कर्तब्य ज्यान मुद्दाका फरार कैदी २१ बर्षपछि पक्राउ परेका छन् । कैलालीको साविकको रामशिखरझाला –७ हाल घोडाघोडी नगरपालिका –४ का छत्रबहादुर रावललाई फरार भएको लामोसमयपछि प्रहरीले पक्राउ गरेको हो ।
दसैँको पर्व बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका पालिकाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अनुगमन गर्नुभएको छ ।
मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई मनहरी गाउँपालिकाले दसैँ मनाउन खसी र खाद्यान्न सहयोग उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीलगायत जनप्रतिनिधिको उपस्थितिमा आइतबार कारागार प्रशासनलाई खसी र खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।
चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ ।
कैलालीको धनगढीमा ६० लाख रुपियाँ लगानीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गरिएको छ ।