दसैँको अवसर पारेर बाँकेमा रैथाने उत्पादन संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले ‘पोषण मेला’ तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउन राष्ट्रिय संवादको आयोजना गर्नुपर्ने बताउनु भएको छ।
मनाङको नासोँ गाउँपालिका-७ मा अवस्थित भिमथाङ भ्याली । उक्त भ्याली तिब्बतबाट नुन आयत गरेर भण्डारण गरिने पुरानो व्यापारिक केन्द्रको रुपमा परिचित छ ।
दसैंको समयमा नेपालगन्जमा मासुको माग उच्च भएपछि सीमा पारीबाट हुँदैआएको कुखुराको अवैध आयात बढेको छ । जेनजी आन्दोलनको समय सुरक्षाकर्मीको ध्यान सुरक्षा व्यवस्थापनतर्फ केन्द्रित रहेको मौका छोपेर सीमापारी रुपैडिहाबाट कुखुराको अवैध आयात बढेको हो ।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग नेपालका लागि यूरोपियन युनियन, जर्मनी, फिनल्याण्ड र फ्रान्सका राजदूत तथा प्रतिनिधिहरुले संयुक्त रूपमा आइतबार शिष्टाचार भेट गर्नुभएकाे छ ।
कैलालीमा कर्तब्य ज्यान मुद्दाका फरार कैदी २१ बर्षपछि पक्राउ परेका छन् । कैलालीको साविकको रामशिखरझाला –७ हाल घोडाघोडी नगरपालिका –४ का छत्रबहादुर रावललाई फरार भएको लामोसमयपछि प्रहरीले पक्राउ गरेको हो ।
दसैँको पर्व बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका पालिकाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अनुगमन गर्नुभएको छ ।
मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई मनहरी गाउँपालिकाले दसैँ मनाउन खसी र खाद्यान्न सहयोग उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीलगायत जनप्रतिनिधिको उपस्थितिमा आइतबार कारागार प्रशासनलाई खसी र खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।
चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ ।
कैलालीको धनगढीमा ६० लाख रुपियाँ लगानीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गरिएको छ ।
यस वर्षको पचली भैरव जात्रा विधिपूर्वक सम्पन्न गरिएको छ । जीवितदेवी कुमारीलाई असोज शुक्ल पञ्चमीको राति भैरवको दर्शन गराएपछि शुक्रबारदेखि सुरु भएको जात्रा समापन भएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो ।
सप्तरीको अग्नीसाइर कृष्णाासवरण गाउँपालिकाका जनप्रतिनिधिहरूको राजिनामाको माग गर्दै स्थानीय गाउँपालिकाको कार्यालयको अगाडि अनिश्चितकालीन धर्नामा बसेका छन्।
राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ ।