नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।
यहाँस्थित विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ ।
दसैँमा मान्यजनबाट टीकाजमरा लगाएर आशीर्वाद लिई, एक पटक धर्ती छाड्नै पर्छ भन्ने मान्यता छ । पछिल्लो समय युवापुस्ताको बेवास्ताका कारण आकर्षण घटेसँगै धनकुटामा लिङ्गेपिङ भने लोप हुँदै गएको हो ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
वडादसैैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । सवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि विभिन्न देशका राजदूतले भेट गर्नुभएको छ । आइतबार मन्त्री खनालको का
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनतामा देखिएको निराशा, आवेग र अपेक्षालाई पूरा गर्न र राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लाग्न सबैलाइ आह्वान गर्नुभएको छ ।
दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ ।
सिन्धुली जिल्लामा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा नापी कार्यालयका कर्मचारी सेवाग्राहीको अभावमा फुर्सदिला भएका छन् । जिल्लामा जग्गाको वर्गीकरण नभई कित्ताकाट रोकिँदा
अर्थ मन्त्रालयले स्रोत नखुलेको रकम विभिन्न व्यक्तिले आफ्नो निवास वा अन्यत्र लुकाइराखेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । आइतबार अर्थ मन्त्रालयले एक सूचना गर्दै सम्पत्ति शुद्धी
फोर्स गाडी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका भीमसेनस्थानमा भीषण आगलागी भएको छ ।
सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान र सहज उपचारको व्यवस्था गर्न परिचयपत्र उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्