ताप्लेजुङको दक्षिण आधारशिविर सिरिजङ्घा गाउँपालिका–८ स्थित ओक्ताङबाट देखिएको कञ्चनजङ्घा हिमाल । ८ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लमजुङ र गोरखा जोड्ने कुनाघाटस्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज भएको छ ।
जिल्ला अस्पताल दार्चुलामा रेबिजविरुद्धको (एआरभी) खोप अभाव हुँदा बिरामी मर्कामा परेका छन् । कुकुर, बिरालो, मुसा लगायतका जनावरले टोकेलगत्तै लगाइने रेबिज रोगविरुद्धको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।
चापाकोट नगरपालिका–९ पाकरीमा सिँचाइका लागि डिप बोरिङ निर्माणलाई तिब्र पारिएको छ । डिप बोरिङ निर्माण भएपछि यस क्षेत्रका दुई सय रोपनी क्षेत्रफल सिँचाइका लागि सहज हुने र कृषि उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ ।
वैशाख २ गते मध्यविन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेलले नारायणी नदीमा पौडी खेल्ने क्रमममा डुबेर ज्यान गुमाए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गर्नुभएको छ ।
नेपाली सेनाले दुर्गम क्षेत्रका नागरिकलाई बृहत् निःशुल्क स्वास्थ्य सेवा दिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा सञ्चालित नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ५६ जनाले सेवा लिएका छन् ।
बर्दिया जिल्लाको ठाकुरबाबा र राजापुर नगरपालिकाका ५० जना महिलालाई आर्थिक रूपमा सक्षम बनाउन ३९० घण्टाको विभिन्न सिप विकास तालिम प्रदान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष जनशक्ति विदेशिनुबाट रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्न आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक भगवती न्यौपानेले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने सङ्कल्प लिएको बताउनुभएको छ ।
झापाको एक सामुदायिक विद्यालयले दमक नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेको छ । दमक ८ स्थित सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गगन पुरीको नेतृत्वमा गएको विद्यालयका शिक्षक तथा अभिभावकहरुको समुहले दमक नगरपालिकामा मंगलवार विहान तालबन्दी गरेको हो ।
सल्यानको बागचौर नगरपालिकाले लोपोन्मुख अवस्थामा रहेको मौलिक नेपाली बाजाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आमा समूहलाई पञ्चेबाजा हस्तान्तरण गरेको छ । नगरपालिकाको ३ स्थित खालीको समाज सुधार स्वास्थ्य आमा समूहलाई एक सेट पञ्चेबाजा प्रदान गरिएको हो ।
सोमबार एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन आदेश दिएका छन् । यो अमेरिकाको आप्रवासन नीतिलाई पुनः आकार दिने सरकारको प्रयासमा एउटा धक्का हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामूहिक कथा श्रम शोषण, अन्याय, असमानता र अदृश्यता भएको बताउनुभएको छ ।