जितका लागि नेपालले दिएको एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको आरपिसिए निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २५ रनमा समेटिएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्र बैँकको गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पार्नुभएको छ ।
अभ्यास खेलका लागि मनाङ आएको पुरुष राष्ट्रिय फुटबल टोलीलाई मनाङमा औपचारिक स्वागत गरिएको छ ।
पुरानो क्लब रानीपोखरी कर्नर टिम (आरसिटी) सहिद स्मारक ‘बी’ डिभिजन लिगको रेलिगेसन त्रासबाट अगाडि बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराउनुभएको हो ।
कोशी प्रदेश सरकारको प्रमुख साझेदार दल नेपाली कांग्रेस सरकारको कार्यशैलीसँग असन्तुष्ट देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको मङ्गलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
च्यासल मैदानमा मङ्गलबार भएको खेलमा तारकेश्वर र कोन्ज्योसोम १–१ गोलको बराबरी खेलेका हुन् ।
हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक मङ्गलबार एक दशमलव ०३ अङ्कले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, गोरखापत्र संस्थान, केन्द्रीय समितिले गोरखापत्रका १२५ वर्ष प्रवेश तथा संस्थानको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा तीन जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने भएको छ ।
१३ पटकसम्म अभियान सञ्चालन गर्दा पनि लक्ष्य पूरा नभएपछि बाँकेका तीन पालिकामा १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियानमा यस पटक पनि धेरैले औषधी सेवन नगर्दा अभियान लम्बिएको छ ।
घरेलु उत्पादनको प्रवर्धन एवम् पर्यटन तथा जातीय परिकार प्रवर्धनका लागि चौथो औद्याेगिक प्रदर्शनी तथा पर्यटन महोत्सव २०८२ धनकुटामा सुरू भएको छ ।
हुलाकी मार्गमा पर्ने सिराहा र धनुषा जिल्लाको सीमा रहेको कमला नदी तर्न बनाएको अस्थायी बाँसको पुल बाढीले बगाएपछि मङ्गलबार मङ्गलबारदेखि स्थानीयहरूलाई समस्या भएको छ ।
पाल्पाको माथागढीमा नेपाली सेनाले तयार गरेको उद्यान गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाले माथागढी परिसरमा तयार गरेको उद्यान मङ्गलबार माथागढी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।