पश्चिम नवलपरासीको सुनवल नगरपालिका‐२ मुखियाटोलमा निर्माण गरिएको तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४,नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाउने तयारी गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
न्यायिक अभियान्ताहरूको वैश्विक संस्था वर्ल्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए) ले बालअधिकारका विश्व अभियान्ता संस्थापक भुवन ऋभूलाई सम्मान पदक अर्थात ‘मेडल अफ अनर’ प्रदान गरेको छ । ऋभु तथा जस्ट राईट्स फर चिल्ड्रेनका संस्थापकसमेत हुनुहुन्छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । मानवसेवा आश्रमको मिसन २०८२ अभियान अन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा हो ।
आज वैशाख शुक्ल नवमी, अर्थात सीता जयन्ती । देवी सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । रामनवमीको एक महिनामा सीता जयन्ती आउने गर्दछ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।
बागमती प्रदेशको प्रदेशसभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले बागमती प्रदेका प्रदेश प्रमुखसमक्ष बागमती प्रदेश सभाको सोह्रौँ अधिवेसन आगामी जेठ ५ गते सोमबार आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनितिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
बाँकेका निजी विद्यालयहरूले सेटिङ मिलाएर विद्यार्थीको पोसाक समेत सीमापारी भारतको रुपैडिहाबाट खरिद गर्न लगाउने गरेको गुनासो आएपछि त्यस्तो गर्नेलाई कडा कारबाही गर्ने चेतावनी प्रमुख जिल्ला अधिकारीले दिनुभएको छ ।
कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।
अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको अन्डा सङ्कलन कार्य सकिएको छ । चालिस दिनभन्दा धेरै समय लगाएर घडियाल गोहीको अन्डा राप्ती नदीबाट सङ्कलन गरिएको हो । निकुञ्जको कसरा क्षेत्रमा गोहीको प्रजनन केन्द्र स्थापना गरि