सङ्घीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे बस्ने छ ।
अमरगढी नगरपालिका–३ डोटी घटालमा रहेको सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बनिरहेको छ । विगतको तुलनामा पछिल्लो समय यहाँ अवलोकन तथा पूजाआजा गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।
सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
कानुनी अज्ञानताका कारण अपराधजन्य घटना बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी टोली सचेतना कार्यक्रम गर्दै गाउँ गाउँसम्म पुगेको छ । पाँच वटै स्थानीय तहको बस्ती तथा विद्यालयमा पुगेर नागरिकलक्षित सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।
भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जका गैँडा पाँच महिना बितिसक्दासमेत फर्केका छैनन् । आहारा र उचित वासस्थानका खोजीमा भारत पुगेका गैँडा नफर्किंदा बर्दियामा गैँडाको सङ्ख्या घटेको छ ।
गुल्मीको एक पालिकाले आफूले नियुक्त गरेका ३३ जना शिक्षकलाई बिदाइ गरेको छ ।
बुटवलको बेलबासदेखि भैरहवा–लुम्बिनी सडकखण्डको बेथरी जोड्ने २१ किलोमिटर सडक निर्माणको काम सुरु भएको नौ वर्ष भइसक्यो तर यो सडक अझै पूरा भएको छैन ।
कर्णाली प्रदेशमा आपराधिक घटना बढेपछि प्रहरीलाई शान्तिसुरक्षामा चुनौती थपिएको छ । पछिल्लो चार वर्षको अवधिमा कर्णालीमा छ हजार ३८० अपराधका घटना प्रहरीसँग पुगेका छन् ।
कर्णाली कोरिडोरको याङ्चुकुनाको अग्लो कडा चट्टान विस्फोट गर्न एक्साभेटरको बकेटमा चढेर प्वाल पार्न मजदुर व्यस्त छन् । कडा चट्टान विस्फोटका लागि प्वाल पार्नेबाहेकको विकल्प नदेखिएपछि एक्साभेटरको बकेटमा चढेर दैनिक दर्जनौँ मजदुर व्यस्त भएका हुन् ।
जुम्लाको गुठीचौर गाउँपालिका–१, नापानीगाउँ यतिबेला सञ्चारविहीन बनेको छ । सहर बजारमा फोरजीलगायतका सुविधा विस्तार भइसक्दा नापानीगाउँका करिब एक सय घरपरिवारका नागरिक सञ्चारविहीन भएका छन् ।
सर्केगाड गाउँपालिका र प्रदेश सरकारको बेवास्ताका कारण हुम्लाको सर्केगाड गाउँपालिका–२, रिपगाउँका स्थानीयले जोखिम मोलेर खडिखेतको कर्णाली नदीको काठेपुल वारपार गर्नुपर्ने बाध्यता छ ।
बाजुरा देशकै ७७ औँ स्थानमा पर्छ । यहाँका पूर्वीउत्तर क्षेत्रमा पर्ने चार पालिका त झनै जिल्लाकै विकट क्षेत्रमा पर्ने गरेका छन् । यहाँका यी पालिकाका अधिकांश वडा तीभन्दा अझै विकट क्षेत्रमा अवस्थित छन् ।
सुदूरपश्चिममा पहिलो पटक सुस्तश्रवण अपाङ्गताको समस्याबारे दुईदिने तालिम सम्पन्न भएको छ । तालिमका सहभागीले काम गर्ने योग्यता, सिप र जाँगर भए पनि सुस्तश्रवण (कम सुन्ने) भएकाले रोजगारी पाउन र रोजगारी पाए पनि टिकिरहन समस्या हुने गरेको गुनासो गरेका छन् ।
विश्वका धेरै देशमा बेलाबखत द्वन्द्व उत्पन्न हुने गर्छ । नेपालमा पनि तत्कालीन नेपाल क