काठमाडौं, असोज १२ गते । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको नेतृत्वमा संसद सचिवालय परिसर सफाइ गरिएको छ ।
वि.सं. २०८२ भदौ २४ गते भएको आजगनीमा संसद सचिवालयका १४ वटा गाडी र ३६ वटा मोटरसाइकल जलाइएका थिए ।
त्यसैगरी, नेपाली कांग्रेस, नेकपा (एमाले) का संसदीय दलका कार्यालय पनि जलाइएका छन् । त्यहाँ जलेका भवनको खरानी तथा सवारीका कवाडी हटाएर सफाइ गरिएको जानकारी उपसचिव अधिराज राईले दिनुभयो ।