यस वर्षको पचली भैरव जात्रा विधिपूर्वक सम्पन्न गरिएको छ । जीवितदेवी कुमारीलाई असोज शुक्ल पञ्चमीको राति भैरवको दर्शन गराएपछि शुक्रबारदेखि सुरु भएको जात्रा समापन भएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो ।
सप्तरीको अग्नीसाइर कृष्णाासवरण गाउँपालिकाका जनप्रतिनिधिहरूको राजिनामाको माग गर्दै स्थानीय गाउँपालिकाको कार्यालयको अगाडि अनिश्चितकालीन धर्नामा बसेका छन्।
राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ ।
चाडपर्व नजिकिँदै गर्दा तनहुँको सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीमा बिरामीको चाप ह्वात्तै बढेको छ ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते तनहुँ कारागार कार्यालय, दमौलीबाट फरार एक कैदीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट वार्ता भएको छ।
आर्थिक लगानी प्रवर्धनका लागि स्थापना भएको आर्यतारा होल्डिङ्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपालका अनुभवी पर्यटनव्यवसायीहरु संस्थाको प्रवर्धक रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–चीन–भारतबिच त्रिदेशीयसँगै दक्षिण एशियाली देशको व्यापारका लागि कोरला नाकालाई प्रयोग गर्न सकिने बताउनुभएको छ ।
रूस र युक्रेनबिचको द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नको लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्री सर्गेई लावरोभले बताउनु भएको छ ।
दसैं लगायतका चाडपर्व आउँदा यहाँका थारु बस्तीमा गुञ्जिने सखिया नृत्य र त्यससँगै बज्ने मादलको ताल अब विगत बन्ने चिन्ता बढ्दै गएको छ । थारु समुदायको सांस्कृतिक पहिचानसँग गाँसिएको मादल बनाउने सीप पुस्तान्तरण नहुनु, सामग्री नपाइनु जस्ता कारणले यो मौलिक परम्परा हराउने अवस्थामा पुगेको छ ।
मधेशको कल्याणार्थको लागि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रसिद्ध आराध्यदेवी छिन्नमस्ता भगवतीको पूजापाठ एवम् दर्शन गर्नुभएको छ। उहाँले विजया दशमीको अवसरमा आइतबार सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवतीको दर्शन गरी पूजापाठ गर्नुभएको हो।
लमजुङमा महिलाहरुले नेतृत्व गरेको सहकारीले किसानका उत्पादित खसीबोका सङ्कलन गरी विक्री गरेको छ । सुन्दरबजार नगरपालिका –१ कुन्छामा रहेको भागिरथी सामाजिक उद्यमी महिला सहकारीले शेयर सदस्य किसानहरुको खसीबोका काठमाडौं लगेर बिक्री गरेको हो ।
एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सले फिलिपिन्सको राजधानी मनिलामा आगामी मङ्सिर २३ मा ‘मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएका छन् ।
सहरी शासकीय क्षमता विकास कार्यक्रममार्फत सघन सहरी तथा भवन निर्माण आयोजनाले पश्चिम बागलुङको गलकोट नगरपालिका वडा ३ को भवन बनाइएको छ ।