प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले मिश्रित प्रतिक्रिया जनाउनुभएको छ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमका योजनाहरू कार्यान्वयन हुनुपर्ने प्रतिक्रिया दिनुभयो।
प्रहरीले क्रोएसिया पठाउने भनी तीन लाख ७५ हजार ठगी गर्ने ३७ वर्षीय राजिन स्याङ्तानलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार स्याङ्तानले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्रोएसिया लैजाने भनी लामो समय झुक्यानमा राखी सम्पर्कबिहीर भएका थिए ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर मोहमद आदिल आलममाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले पछिल्लो समय देशमा राजावादीले गरेको आन्दोलनले उपलब्धी नदिने बताउनुभएको छ। सोमबार गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको आधारभूत स्वास्थ्य अस्पतालको उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान संविधानले सबैको अधिकार समावेश गरेको भन्दै अब राजावदीको आन्दोलनले नेपाली जनतालाई उपलब्धी नदिने बताउनुभयो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उच्च अदालत पाटन, हेटौँडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिटमा कैफियत प्रतिवेदन मगाउने आदेश दिएको छ ।
सडका मार्गमा व्याप्त एकपछि अर्को समस्याले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) को कामले अपेक्षित गति लिन सकेको छैन ।
र्षाका कारण सल्यानमा निर्माणाधीन घर भत्किएको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ५ जुमखोला हिले निवासी हिमलाल सुनारको घर आइतबार रातिको असिना पानीका कारण भत्किएको हो ।
सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर चलाउन जान्ने चिकित्सक पाउनै मुस्किल परेको छ । दक्ष जनशक्ति नहुँदा सर्पदंश उपचार केन्द्रसँग रहेको आइसियु र भेन्टिलेटर छ वर्षदेखि थन्काएर राख्नुपरेको उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलले गुनासो गर्नुभयो ।
सोमबार दिउँसो अचानक आएको हावाहुरीसहितको वर्षातमा परी फेवातालमा फसेका आठ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको कालिका गण कास्कीबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको हो ।
राष्ट्रिय २०७८ को जनगणनाअनुसार नेपालमा मृत्युको स्थिति सबैभन्दा धेरै कोशी प्रदेशमा रहेको देखिएको छ । सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालयले पत्रकार सम्मेलनमार्फत नेपालको मृत्यु स्थितिबारे जानकारी गराएको हो ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी श्रीलङ्का प्रस्थान गर्नुभएको छ । एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रिस्तरीय क्षेत्रीय बैठकमा सहभागी हुन मन्त्री अधिकारी श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नुभएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ ।
च्यासल मैदानमा आर्मीले फाइनल सरह लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोलले हरायो ।