अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन दिएको बताउनुभएको छ । यो कुख्यात सङ्घीय कारागार क्यालिफोर्नियाको एउटा सानो टापुमा अवस्थित थियो र छ दशकअघि बन्द भएको थियो ।
अन्य धानको तुलनामा चैते धानको उत्पादन बढी हुन थालेपछि चैते धानको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष बारा जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा वृद्धि भई १८ हजार क्षेत्रफलमा चैते धान रोपाई भएको हो ।
नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादी, जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विद्रोहीहरूले क्षेप्यास्त्र आक्रमणको दाबी गरेपछि इजरायलको अन्तर्राष्ट्रिय विमानस्थलमा यमनी हुथी समूहको आक्रमणलाई समर्थन गरेको आरोपलाई इरानले सोमबार खण्डन गरेको छ ।
चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा सुरु गर्नुभएको हो।
लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ ।
कपिलवस्तु प्रहरीले २३ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं. ०६ निवासी ६१ वर्षीय सुकई पासी रहेका छन् ।
जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले जितेको छ ।
गुल्मीमा मदन भण्डारी राजमार्गअन्तर्गत दुई खण्डमा काम भइरहेको छ । पहिलो रिडी–तम्घास खण्डमा रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रेको काम अगाडि बढेको छ । तर एकै वर्ष सम्झौता गरेको सिमलटारी–मच्छी खण्डको काम भने अलपत्र परिरहेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई ३–१ गोलले हरायो ।
ताप्लेजुङमा निर्माण व्यवसायीलाई तालिम प्रदान गरिएको छ।ताप्लेजुङमा कार्यरत निर्माण व्यवसायीलाई नेपाल निर्माण व्यवसायी महासङ्घले आइतबार र सोमबार दुई दिन तालिम प्रदान गरेको हो ।
खुला सीमा भारतबाट नेपालतर्फ ठुलो परिमाणको लागु औषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई राउन्ड हवाइ फायर गरी २०४ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
गुल्मीदरबार गाउँपालिका कपडा बैँक स्थापना गरिएको छ। सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कपडा बैँकको उद्घाटन गर्नुभएको हो।
लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ ।
रौतहट सदरमुकाम गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल पुनःस्थापना केन्द्रमा एक युवकमाथि अमानवीय तरिकाले कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भइरल भएपछि जिल्ला प्रहरी कार्यालय रौतहतले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।